तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप « Khabarhub

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप अभियान सम्पन्न गरेको छ ।

नगरपालिकाले गत वर्ष पशुमा महामारीको रूपमा देशभर फैलिएको लम्पीस्किन रोगविरुद्ध यस वर्ष नगरपालिकाले चार हजार ८५२ पशुलाई लम्पीस्किन रोगविरुद्धको खोप लगाएको हो । 

गत जेठ ३ गतेदेखि जेठ २२ गतेसम्म नगरपालिकाका १७ वडामा चार हजार आठ सय ५२ पशुलाई उक्त खोप लगाइएको नगरपालिकाको पशु शाखाका प्रमुख दोमलाल भुसालले जानकारी दिए । 

गत वर्ष नगरपालिकाले कृषकको गोठमै पुगेर  लम्पीस्किन रोगविरुद्ध खोप लगाएको थियो । यसका लागि नगरपालिकाले नीति तथा कार्यक्रममै पशु चौपायमा विभिन्न खोप सञ्चालन गर्न २० लाख रुपैयाँ विनियोजन गरेको प्रमुख  भुसालले बताए । यस वर्ष रोग भित्रिनु अगाडि नै सो रोगविरुद्धको खोप लगाइएको उनको भनाइ छ ।

गत वर्ष नगरपालिकामा ४ हजार ७४८ पशुलाई खोप लगाइएको थियो भने ८३६ पशु सो रोगबाट सङ्क्रमित भएका थिए । उक्त रोगबाट १०६ पशुको मृत्यु भएको प्रमुख भुसालले बताए ।

लुम्बिनी प्रदेशमा लम्पीस्किन रोगबाट अहिलेसम्म नौ हजार ६११ पशुको मृत्यु भएको छ भने एक लाख ९२ हजार १८ पशु सङ्क्रमति भएका छन् । 
 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ४ : ५८ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल