एनपीएल क्रिकेट अझै व्यवस्थित रुपमा आयोजना हुन्छ : खेलकुदमन्त्री « Khabarhub

एनपीएल क्रिकेट अझै व्यवस्थित रुपमा आयोजना हुन्छ : खेलकुदमन्त्री


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिता अझै व्यवस्थित ढङ्गबाट आयोजना हुने बताएका छन् । 

खेलकुद मन्त्रालयद्वारा शुक्रबार आयोजित ‘युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा मन्त्री चौधरीले विभिन्न विवादका बाबजुद पनि एनपिएल आयोजना हुने बताएका हुन् । 

पहिलो संस्करण सम्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एनपिएलबारे उजुरी परेको थियो । त्यसपछि अख्तियारले आवश्यक कारबाहीका लागि खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । मन्त्रालयले पनि त्यसको प्रतिउत्तर अख्तियारमा पठाइसकेको उनले बताए  । 

मन्त्री चौधरीले भने, ‘हामीसँग खरिद आदेश ऐन र नियमावली छ, खेलकुद विकास ऐन, २०७५ छ, खरिद आदेश मान्ने कि नमान्ने ? त्यसकारण एनपिएल हुन्छ, तर व्यवस्थित तरिकाबाट हुन्छ ।’ उनले ऐन/कानुन र नियमावलीको परिधिभित्र रहेरै एलपिएल हुने बताए । 

मन्त्री चौधरीले सिङ्गो पत्रकारिता क्षेत्रले आवाजविहीनको आवाज उठाउनुपर्नेमा जोड दिँदै पत्रकारले सत्यतथ्यमा आधारित निष्पक्ष र विश्वसनीय समाचार दिनुपर्ने बताए । 

उनले भने, ‘युवाका क्षेत्रमा क्रियाशील भई युवाको गतिविधि गर्ने, युवा जागरण, सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्दै सामाजिक सद्भाव, युवा उद्यमशीलता, विकास र रोजगारीको क्षेत्रलगायत समग्र युवाका क्षेत्रमा योगदान पुर्‍याएबापत यो मन्त्रालयले युवा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ, मलाई आशा छ पुरस्कृत युवा पत्रकारले युवाका क्षेत्रमा अझ सशक्त रूपमा काम गर्नु हुनेछ ।’

भ्रष्टाचारलाई अन्त्य गर्न र सुशासन कायम गर्ने गरी आफ्नो भूमिका निर्वाह गर्न मन्त्री चौधरीले पत्रकारहरूलाई आग्रह गरे । 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ५ : ४२ बजे

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३। ठीक एक वर्षअघि यही दिन काठमाडौँका सडक

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट