नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छ : सभापति देउवा « Khabarhub

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छ : सभापति देउवा


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

गलकोट– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य रहेको बताएका छन् ।

बागलुङको बिहुँ निवासी प्रतिनिधिसभाका पूर्वसदस्य एवं कांग्रेसका नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३औँ दिनको पुण्यतिथिमा कांग्रेसले आयोजना गरेको श्रद्धाञ्जलीसभामा उनले कँडेल बिपीको पथमा हिँड्ने निष्ठावान् र इमानदार नेताका रूपमा रहनुभएको उल्लेख गरे ।

‘उहाँ सांसद हुनुभयो, कहिल्यै लाभको पदमा बस्न खोज्नुभएन, सधैँ जनताको पक्षमा वकालत गर्दै हिँड्नुभयो उहाँको निष्ठा बिपीसँग मिल्छ”, देउवाले भने, ‘देश र राष्ट्रका लागि उहाँको योगदान अतुलनीय छ, नेपाली राजनीतिमा उहाँको नाम स्वर्ण अक्षरमा लेखिने छ, उहाँको मार्गलाई अन्य कांग्रेसका नेता तथा कार्यकर्ताले पछ्याउन आवश्यक छ ।’ उनले राजनीतिमा इमान र प्रतिष्ठा कमाउनुभएका कँडेलको निधनले कांग्रेसलाई ठूलो क्षति पुर्‍याएको भन्दै चिन्ता व्यक्त गरे । 

प्रतिनिधिसभाका पूर्वसदस्य कँडेलको यही असार १५ गते आइतबार निधन भएको थियो । चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौं जाने तयारीमा रहेका उनको निधन भएको थियो ।

विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ मा नेपाली कांग्रेसका तर्फबाट विजयी कँडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमानदार नेताका रूपमा परिचित थिए । 

बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल नेपाली कांग्रेस बागलुङका पूर्व सभापति थिए । विसं २०४६ आन्दोलनका क्रममा जेल परेका उनी बहुदलपछि जिल्ला सभापति र सांसद बनेका थिए ।  

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ६ : १५ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल