त्रिभुवन विमानस्थलका कर्मचारीले यात्रुसँग झर्किन र रुखो बोल्न नपाउने « Khabarhub

त्रिभुवन विमानस्थलका कर्मचारीले यात्रुसँग झर्किन र रुखो बोल्न नपाउने


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्नेहरूमाथि हुने गरेको रुखो बोली र व्यवहार अब नदोहोरिने भएको छ ।

कर्मचारीहरूले यात्रुलाई दुर्व्यवहार गरेको गुनासो आइरहेको अवस्थामा त्रिभुवन विमानस्थल प्रशासनले कडा नियम ल्याएको हो । 

शुक्रबार सार्वजनिक गरिएको नैतिक आचारसंहिता अनुसार नेपाल आउने यात्रुलाई कर्मचारीले वेलकम इन नेपाल ! ह्याब अ नाइस डे ! भन्नुपर्ने भएको छ।

उता नेपाल बाहिर जानेलाई कर्मचारीले,– ह्याभ अ नाइस जर्नी भन्नुपर्ने भएको छ। यति मात्रै होइन, आत्मीयता देखाउनुका साथै रुखो बचन पनि बोल्न नहुने आचारसंहितामा उल्लेख छ । 

त्रिभुवन विमानस्थलका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले सार्वजनिक गरेको आचारसंहिता अनुसार यात्रुले सेवासुविधा अनुसार उत्कृष्ट, सन्तोषजनक र औसत तीन खालका सर्तकव सर्भेमा सहभागी हुनुपर्ने भएको छ । 

कोइरालाले राखेको सर्भे सूचीमा  विमानस्थलको सेवालाई खराब र नराम्रो भन्ने विकल्प भने यात्रुलाई दिइएको छैन ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : ०१ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल