नक्कली पेस्तोल देखाउँदै लुटेको आरोपमा चार जना पक्राउ « Khabarhub

नक्कली पेस्तोल देखाउँदै लुटेको आरोपमा चार जना पक्राउ


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी डलर साटी दिन्छु भनी नक्कली पेस्तोल देखाउँदै मुख थुनेर सात लाख लुटेको आरोपमा चार जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नपा ३ धार्पा घर भई भक्तपुर चाँगुनारायण नपा १ बोडे बस्ने २८ वर्षीय पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन, सोही गाउँ घर भई बोडे बस्ने २५ वर्षीय प्रकाश तामाङ भन्ने सूर्य बहादुर पाइन, सोही ठाउँ घर भई बोडेनै बस्ने ३६ वर्षीय सागर भन्ने सन्तवीर पाइन र सोही गाउँ घर भई ललितपुर महानगरपालिका १६ धापाखेल बस्ने ३५ वर्षीय विष्णु कुमार रुम्बा रहेका छन् 

पीडितलाई  मोबाइलबाट सम्पर्क गरी आफूसँग ६ हजार अमेरिकन डलर छ, तपाई ७ लाख नेपाली रकम दिनु भनेर असार २२ गते भक्तपुर चाँगुनारायणस्थित एकान्त जङ्गलमा लगी ६ जनाको समूहले पीडितलाई मुख थुनी नक्कली पेस्तोल देखाई आईफोन मोबाइल र नगद सात लाख रुपियाँ लुटपाट गरी फरार रहेको आरोपमा  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए । 

प्रहरीले उनीहरूका साथबाट बा ७६ प ५९३१ नम्बरको स्कुटर, बागमती प्रदेश ०२–०५३ प २७८० नं. पल्सर मोटरसाइकल, ७२ हजार रुपियाँको चेक, नगद ६४ हजार ४० रुपैयाँ, बैक जम्मा गरेको रसिद र विभिन्न कम्पनीका १० वटा मोबाइल बरामद गरेको  जनाएको छ । 

उनीहरूलाई थप अनुसन्धान गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ६ : ५९ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर