सीता दाहाललाई सम्झँदै रानीवन पुगे प्रचण्ड « Khabarhub

सीता दाहाललाई सम्झँदै रानीवन पुगे प्रचण्ड


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्नी सीता दाहालको दोस्रो स्मृति दिवसका दिन शुक्रबार रानीवनस्थित मावन सेवा आश्रममा पुगेर आश्रित नागरिकहरुलाई भोजन गराएका छन् ।

रानीवन जानुअघि प्रचण्डले सीताको तस्वीरमा माल्यार्पण गरेका थिए ।

पार्किन्सन रोगका कारण लामो समय थलिएर निधन भएकी पत्नी सीतालाई सम्झँदै प्रचण्डले भनेका छन्,‘मेरो जीवनसाथी तथा नेकपा (माओवादी केन्द्र) की सल्लाहकार कमरेड सीता दाहालको दोस्रो स्मृति दिवसको अवसरमा म कमरेड सीताप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।’
उनले अगाडि भने, ‘सीताले परिवर्तन र जनताको पक्षमा निरन्तर संघर्ष गरिरहिन । उनको निष्ठा र आदर्शले हामी सबैलाई जनताको पक्षमा संघर्ष गर्न प्रेरित गरिरहनेछ ।’

मानव सेवा आश्रमका केही तस्बिरहरु–

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : ०३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको