सीता दाहाललाई सम्झँदै रानीवन पुगे प्रचण्ड « Khabarhub

सीता दाहाललाई सम्झँदै रानीवन पुगे प्रचण्ड


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्नी सीता दाहालको दोस्रो स्मृति दिवसका दिन शुक्रबार रानीवनस्थित मावन सेवा आश्रममा पुगेर आश्रित नागरिकहरुलाई भोजन गराएका छन् ।

रानीवन जानुअघि प्रचण्डले सीताको तस्वीरमा माल्यार्पण गरेका थिए ।

पार्किन्सन रोगका कारण लामो समय थलिएर निधन भएकी पत्नी सीतालाई सम्झँदै प्रचण्डले भनेका छन्,‘मेरो जीवनसाथी तथा नेकपा (माओवादी केन्द्र) की सल्लाहकार कमरेड सीता दाहालको दोस्रो स्मृति दिवसको अवसरमा म कमरेड सीताप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।’
उनले अगाडि भने, ‘सीताले परिवर्तन र जनताको पक्षमा निरन्तर संघर्ष गरिरहिन । उनको निष्ठा र आदर्शले हामी सबैलाई जनताको पक्षमा संघर्ष गर्न प्रेरित गरिरहनेछ ।’

मानव सेवा आश्रमका केही तस्बिरहरु–

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : ०३ बजे

यस्तो छ आजका फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

ढाका पुगेका जयशंकरले किन भेटेनन् यूनुसलाई ?

ढाका –  भारतका विदेशमन्त्री एस. जयशंकर र बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार

बीपीएल : सन्दीपको टिम राजशाही सुपर ओभरमा विजयी

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार भएको खेलमा

मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै

नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते

स्विट्जरल्याण्ड – दक्षिणी स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको स्की रिसोर्टको बारमा आगलागी