मानवीय सहायता वितरणका क्रममा गाजामा सयौँको मृत्यु : राष्ट्रसंघ | Khabarhub Khabarhub

मानवीय सहायता वितरणका क्रममा गाजामा सयौँको मृत्यु : राष्ट्रसंघ


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जिनेभा– संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम साता यता करिब ८०० जनाको ज्यान गएको छ । 

तीमध्ये अधिकांशको मृत्यु अमेरिका र इजरायलको समर्थनमा सञ्चालनमा आएको गाजा मानव सहायता प्रतिष्ठानका वितरण केन्द्रनजिकै भएको बताइएको छ ।

एक निजी प्रयोजनको रूपमा सञ्चालनमा आएको यस प्रतिष्ठानले, गत मे २६ देखि गाजामा सेवा प्रदान गर्न थालेको हो । इजरायलले सोभन्दा अगाडि दुई महिनासम्म गाजामा खाद्य तथा अन्य सामग्रीको आपूर्ति रोकिदिएको थियो, जसका कारण गम्भीर भोकमरीको खतरा देखिएको थियो ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका प्रवक्ता रविना शमदासानीले जिनेभामा पत्रकारहरूसँगको कुराकानीमा बताइन् ‘मे २७ देखि जुलाई ७ सम्मको अवधिमा हामीले गाजा मानव सहायता प्रतिष्ठानका केन्द्रहरूसँग नजिकै ६१५ जनाको मृत्यु भएको अभिलेख गरेका छौँ ।’

 ‘अझ १८३ जनाको मृत्यु सम्भवतः सहायता सामग्री लादिएका सवारीहरूको मार्गमा भएको अनुमान गरिएको छ । यसरी कुल झण्डै ८०० जना नागरिकहरू सहयोग लिन खोज्दा ज्यान गुमाउन बाध्य भएका छन्,’ शमदासानीले बताइन् ।

गाजा मानव सहायता प्रतिष्ठानको कामका क्रममा गाजा क्षेत्रमा संयुक्त राष्ट्रसंघको व्यापक सहायता वितरण प्रणाली लगभग निष्क्रिय भएको छ । सहायता लिन लामबद्ध भएका मानिसहरूमाथि प्रायःजसो इजरायली सुरक्षाकर्मीहरूले गोली चलाएको घटनाहरू देखिँदै आएका छन् ।

प्रतिष्ठानले बिहीबार एक विज्ञप्ति मार्फत हालसम्म ‘छ करोड ९० लाखभन्दा बढी भोजन सामग्री वितरण गरिएको’ उल्लेख गरेको थियो । तर उसले आफ्ना वितरण केन्द्रहरूसँगै नजिक मृत्यु हुने घटनाहरू भएको कुरा अस्वीकार गर्दै आएको छ । रासस
 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : २९ बजे

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार