कमला नदीमा दुई लाख माछाका भुरा छोडियो « Khabarhub

कमला नदीमा दुई लाख माछाका भुरा छोडियो


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

सिराहा – सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका–१ उत्तरवाहिनीस्थित कमला नदीमा स्थानीयको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले करिब दुई लाख माछाका भुरा छोडिएको छ ।

कर्जन्हा–१ का वडाध्यक्ष फणिन्द्रप्रसाद पोखरेलका अनुसार रहु र नैनी प्रजातिका माछाका भुरा वडा कार्यालयको सहजीकरण र लहानस्थित मत्स्य विकास केन्द्रको समन्वयमा नदीमा छाडिएको हो । भुरा छाड्ने कार्यक्रममा जनप्रतिनिधि, मत्स्य विकास केन्द्रका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो ।

“सिराहा, धनुषा र उदयपुरको सङ्गमस्थल उत्तरबाहिनी क्षेत्र पवित्र धार्मिक महत्त्व बोकेको स्थान हो । यहाँका स्थानीय परम्परागत रूपमा माछा मारेर जीविकोपार्जन गर्दै आएका छन् । भुरा हुर्किएपछि स्थानीयकको आम्दानीमा वृद्धि हुनेछ”, वडाध्यक्ष पोखरेलले भन ।

उनका अनुसार नदीमा रैथाने प्रजातिका माछा पहिलेदेखि पाइँदै आए पनि अहिले छोडिएका उन्नत प्रजातिका भुरा प्राकृतिक रूपमा हुर्किन सक्ने भएकाले यो दीर्घकालीन रूपमा लाभदायक हुने विश्वास गरिएको छ ।

मत्स्य विकास केन्द्र लहानका प्रमुख प्रियङ्का यादवले सार्वजनिक जलासयहरूमा जैविक विविधता संरक्षण र स्थानीय समुदायको आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले भुरा छाडिएको बताए । उनले भने, “सरकारी दररेटअनुसार प्रतिगोटा ७५ पैसाका दरले रु एक लाख ५० हजार बराबरको भुरा चालु आर्थिक वर्ष २०८१/८२ अन्तर्गत कमला नदीमा छाडिएको हो ।”

उनले आगामी आर्थिक वर्षमा पनि यस्तो कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । भुरा छाड्ने अभियानले जैविक संरक्षणका साथै माछामार समुदायको आर्थिक अवस्था सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ८ : ३२ बजे

वार्षिक समीक्षामा मन्त्रीले भनिन्- सेवा प्रवाह प्रभावकारी बनाउनू

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले