ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजाधिराज’ नलेख्ने सर्तमा छुटे फणिराज पाठक « Khabarhub

ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजाधिराज’ नलेख्ने सर्तमा छुटे फणिराज पाठक


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले छाडेको छ । पूर्वराजा शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरूमा गैरकानुनी रुपले ‘श्री ५ महाराजाधिराज’ भन्ने शब्द नलेख्ने वाचा गरेपछि उनलाई प्रहरीले छाडेको हो ।

पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन गरि सुचना निकाल्दै आएका पाठकलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको थियो । साँझ पौने ८ बजे प्रहरीले उनलाई कागज गराएर, अब यस्ता गल्ती नदोहोर्याउने लिखित प्रतिबद्धता लिएपछि परिवारको जिम्मा लगाएको हो।

प्रहरीले उनीसँग त्यससम्बन्धी सबै पोस्ट हटाउने, भविष्यमा त्यस्तो पोस्ट नगर्ने, र विज्ञप्तिमा यस्ता सम्बोधन प्रयोग नगर्ने वाचा गराएको छ।

यस घटनाले सामाजिक सञ्जालमा ‘श्री ५’ को प्रयोगलाई लिएर सुरु भएको बहसलाई थप चर्काएको छ। कतिपयले पूर्वराजालाई व्यक्तिगत श्रद्धाका आधारमा यस्तो सम्बोधन प्रयोग गर्न पाइने तर्क गरिरहेका छन् भने अर्कोतर्फ संविधानले मान्यता नदिएका पदवीको प्रयोग आपत्तिजनक भएको मत पनि पाइन्छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : ४९ बजे

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं – पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको

के अक्षय खन्ना ‘रेस ४’ को हिस्सा बन्नेछन् ?

काठमाडौं – बलिउड फिल्म ‘धुरन्धर’ मा अक्षय खन्नाको दमदार अभिनयले

एक सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका–१० स्थित टौखेलबाट मार्खु तर्फ जाँदै

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर