हमासको कब्जामा रहेका विपिन खोज्न आमा र बहिनी इजरायलतिर « Khabarhub

हमासको कब्जामा रहेका विपिन खोज्न आमा र बहिनी इजरायलतिर


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा सोमबार इजरायल गएका छन् ।

आमा पद्मा र बहिनी पुष्पा नेपालस्थित इजरायली दूतावासको पहलमा सोमबार बिहान ९ बजेको फ्लाइ दुबईको उडानमार्फत् इजरायल गएका हुन् । उनीहरू विमानस्थलमा रुँदै गरेका तस्बिर सार्वजनिक भएका छन् ।

इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पा इजरायल गएका हुन् ।

इजरायलले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने तयारीसमेत गरेको छ ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिन दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका थिए ।

हमासको आक्रमणमा परी विपिनसँगै रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमण कूल १२ सय मानिस मारिएका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ९ : १६ बजे

आज २०८२ साल पुस १३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १३ गते आइतबार तदनुसार

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि