हमासको कब्जामा रहेका विपिन खोज्न आमा र बहिनी इजरायलतिर « Khabarhub

हमासको कब्जामा रहेका विपिन खोज्न आमा र बहिनी इजरायलतिर


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा सोमबार इजरायल गएका छन् ।

आमा पद्मा र बहिनी पुष्पा नेपालस्थित इजरायली दूतावासको पहलमा सोमबार बिहान ९ बजेको फ्लाइ दुबईको उडानमार्फत् इजरायल गएका हुन् । उनीहरू विमानस्थलमा रुँदै गरेका तस्बिर सार्वजनिक भएका छन् ।

इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पा इजरायल गएका हुन् ।

इजरायलले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने तयारीसमेत गरेको छ ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिन दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका थिए ।

हमासको आक्रमणमा परी विपिनसँगै रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमण कूल १२ सय मानिस मारिएका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ९ : १६ बजे

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको