सानिमा बैंकले बढायो नाफा « Khabarhub

सानिमा बैंकले बढायो नाफा


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आव ०८१/८२ मा सानिमा बैंकले नाफामा वृद्धि गरेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवमा बैंकले २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आव ०८०/८१ मा बैंकले यस्तो नाफा २ अर्ब ३९ करोड ७४ लाख ४३ हजार गरेको थियो ।

गत आवमा बैंकले ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा बैंकले यस्तो आम्दानी ६ अर्ब १८ करोड १६ लाख ९७ हजार रुपैयाँ गरेको थियो ।

त्यस्तै, गत आवमा बैंकले खुद सञ्चालन आय ६ अर्ब ७१ करोड २४ लाख ४५ हजार रुपैयाँ गरेको छ, अघिल्लो आवमा यस्तो आय ६ अर्ब ४९ करोड ५७ लाख १२ हजार रहेको थियो ।

बैंकको गत आवमाको अन्त्यसम्म जोखिम भार पुँजी कोष अनुपात १३.०१ पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिमा १३.२१ प्रतिशत रहेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा बैंकको खराब कर्जा अनुपात पनि बढेको देखिएको छ ।

तथ्यांकअनुसार बैंकको गत वर्षको अन्तिमसम्म कुल खराब कर्जा ३.०१ प्रतिशत रहेको छ, अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा १.७२ प्रतिशत मात्रै रहेको थियो । साथै, गत आवमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ७ लाख २० हजार रुपैयाँ रहेको छ, जुन प्रति सेयर २०.४७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ११ : १४ बजे

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित