सानिमा बैंकले बढायो नाफा « Khabarhub

सानिमा बैंकले बढायो नाफा


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आव ०८१/८२ मा सानिमा बैंकले नाफामा वृद्धि गरेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवमा बैंकले २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आव ०८०/८१ मा बैंकले यस्तो नाफा २ अर्ब ३९ करोड ७४ लाख ४३ हजार गरेको थियो ।

गत आवमा बैंकले ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा बैंकले यस्तो आम्दानी ६ अर्ब १८ करोड १६ लाख ९७ हजार रुपैयाँ गरेको थियो ।

त्यस्तै, गत आवमा बैंकले खुद सञ्चालन आय ६ अर्ब ७१ करोड २४ लाख ४५ हजार रुपैयाँ गरेको छ, अघिल्लो आवमा यस्तो आय ६ अर्ब ४९ करोड ५७ लाख १२ हजार रहेको थियो ।

बैंकको गत आवमाको अन्त्यसम्म जोखिम भार पुँजी कोष अनुपात १३.०१ पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिमा १३.२१ प्रतिशत रहेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा बैंकको खराब कर्जा अनुपात पनि बढेको देखिएको छ ।

तथ्यांकअनुसार बैंकको गत वर्षको अन्तिमसम्म कुल खराब कर्जा ३.०१ प्रतिशत रहेको छ, अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा १.७२ प्रतिशत मात्रै रहेको थियो । साथै, गत आवमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ७ लाख २० हजार रुपैयाँ रहेको छ, जुन प्रति सेयर २०.४७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ११ : १४ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले