सिक्लेस हाईड्रोपावरले १५ प्रतिशत बोनस दिने, हकप्रद पनि जारी गर्ने  « Khabarhub

सिक्लेस हाईड्रोपावरले १५ प्रतिशत बोनस दिने, हकप्रद पनि जारी गर्ने 


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिक्लेस हाईड्रोपावर लिमिटेडले शेयरधनीलाई बोनस दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को गरी १५ प्रतिशत बोनस दिने भएको हो । 

कम्पनीको गत २५ गते बसेको सञ्चालक समितिको बैंकले उक्त बोनस दिने निर्णय गरेको कम्पनी सचिव नीराजन महर्जनले जानकारी दिए । 

महर्जनका अनुसार सिक्लेस हाईड्रोपावरले चुक्ता पुँजीको १५ प्रतिशत हुन आउने १२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र चुक्ता पुँजीको ०.७८९ प्रतिशत हुन आउने ६७ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश दिने भएको छ । 

उक्त नगद लाभांश कर प्रयोजनका लागि भएको महर्जनले जानकारी दिएका छन् । 

साथै बोनस शेयर जारी गरे पछि सिक्लेस हाईड्रोपावरले हकप्रद शेयर समेत जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने महर्जनले जानकारी दिएका छन् । 

उक्त बोनस र हकप्रद शेयर विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभाले पास गरेको परेपछि हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : ०० बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा