सिक्लेस हाईड्रोपावरले १५ प्रतिशत बोनस दिने, हकप्रद पनि जारी गर्ने  « Khabarhub

सिक्लेस हाईड्रोपावरले १५ प्रतिशत बोनस दिने, हकप्रद पनि जारी गर्ने 


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिक्लेस हाईड्रोपावर लिमिटेडले शेयरधनीलाई बोनस दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को गरी १५ प्रतिशत बोनस दिने भएको हो । 

कम्पनीको गत २५ गते बसेको सञ्चालक समितिको बैंकले उक्त बोनस दिने निर्णय गरेको कम्पनी सचिव नीराजन महर्जनले जानकारी दिए । 

महर्जनका अनुसार सिक्लेस हाईड्रोपावरले चुक्ता पुँजीको १५ प्रतिशत हुन आउने १२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र चुक्ता पुँजीको ०.७८९ प्रतिशत हुन आउने ६७ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश दिने भएको छ । 

उक्त नगद लाभांश कर प्रयोजनका लागि भएको महर्जनले जानकारी दिएका छन् । 

साथै बोनस शेयर जारी गरे पछि सिक्लेस हाईड्रोपावरले हकप्रद शेयर समेत जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने महर्जनले जानकारी दिएका छन् । 

उक्त बोनस र हकप्रद शेयर विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभाले पास गरेको परेपछि हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : ०० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क