साउनको अन्तिम सोमबार डोलेश्वरमा भक्तजनको घुइँचो « Khabarhub

साउनको अन्तिम सोमबार डोलेश्वरमा भक्तजनको घुइँचो


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन महिनाको अन्तिम सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं– ८ सिपाडोल स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिर पनि भक्तजनको घुइँचो लागेको छ ।

श्रावणी मेलाका साथै साउन महिनाको अन्तिम सोमबार भएकाले केदारनाथको शीर मानिएको डोलेश्वर महादेव मन्दिरमा दर्थनार्थीको घुइचो लागेको हो । दर्शनार्थीको आगमनले डोलेश्वर महादेव मन्दिर परिसर भरिभराउ भएको छ । मेलाका लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरूको सहजताका लागि विशेष व्यवस्था गरेको छ ।

डोलेश्वरमा ३८ दिनसम्म चल्ने श्रावणी मेला अवधिभर करिब तीन लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अपेक्षा गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

डोलेश्वर महादेव मन्दिरलाई विक्रम संवत् २०६६ साल भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको थियो । सोही अवसरमा भदौ ६ गते नै विशेष कार्यक्रम आयोजना गरी श्रावणी मेलाको समापन गरिन्छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १ : ५२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु