अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय मिलिग्राम र नगद २ हजार ५ सय रूपैयाँ सहित तारकेश्‍वर नगरपालिका शेषमती बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका २३ वर्षीय संजिव पाण्डेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंकै नागार्जुन नगरपालिका-२ गैरीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम र नगद १ लाख ४९ हजार २ सय रूपैयाँसहित सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएका २८ वर्षीय राजेश राजबंशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले राजेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

त्यसतै, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका-४ धनसारबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो ७ सय ५० ग्राम सहित बारा निजगढ नगरपालिका-१२ बस्ने ३४ वर्षीय दिपक थिङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले ना.८० प ९८९३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मधुवनबाट अवैध लागूऔषध गाँजा ७८ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय मुस्ताक मिया र सोही नगरपालिका-६ बस्ने ४८ वर्षीय बलराम यादव रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले मुस्ताकको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले बिआर १० एक्यु ५४२७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

त्यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-५ गुलरिया बस्ने २२ वर्षीय गणेश रावत र २५ वर्षीय टेकराम चौधरी रहेका छन् । 

इलाका प्रहरी कार्यालय बेलडाँडीसमेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०२-००३ प ८२३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, बर्दगोरीया गाउँपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-६ गुलरा बस्ने २७ वर्षीय शंकर जैसी र बर्दिया गेरूवा गाउँपालिका-१ थापापुर बस्ने २४ वर्षीय किरण रावल रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको जानकी गाउँपालिका-१ दुर्गौलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय क्षेत्र राज रावतलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ३० मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २३ वर्षीय संयोग चौधरी, सोही नगरपालिका-६ हड्की कसम टोल बस्ने २३ वर्षीया सुकमाया राई र सोही ठाउँ डेरा गरी बस्ने ३१ वर्षीय दिलिप लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापाकै भद्रपुर नगरपालिका-५ सुन्दरटोलबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ २ ग्राम ४ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष श्रेष्ठ र उनकै श्रीमती २९ वर्षीया लक्ष्मी राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले सन्तोषको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

महोत्तरीको औरही नगरपालिका-९ टिमकिया बस्ने ५५ वर्षीया राम कुमारी देवी यादवलाई अवैध लागूऔषध गाँजा ८ किलो ८ सय ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरीले राम कुमारीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-१० रामनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने २२ वर्षीय बिबेक महत र सोही उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय अंगत कुंवर रहेका छन् । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  २ : १५ बजे

रूपन्देहीको उपचुनाव : अखिलका नेता बने एमालेका बागी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ

पहिरोले बेहाल अरनिको राजमार्ग (तस्बिरहरू)

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २, इको क्षेत्रमा साउन १८ गते

एमाले समसामयिक राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा योगेश भट्टराई 

ललितपुर– नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार

एमाले विधान महाधिवेशन : दोस्रो दिनको कार्यक्रम सुरु

ललितपुर : नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिनको कार्यक्रम