नाडा अटो शो २०२५ प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने « Khabarhub

नाडा अटो शो २०२५ प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आयोजना गर्न लागेको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन् ।

नाडाले अटो शो मा प्रमुख अतिथिको रूपमा उपस्थित भएर उद्घाटन गरिदिन गरेको निवेदनलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेका हुन् ।

साउन २५ गते नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग भेटेर भेटेर १७औँ संस्करणको नाडा अटो शो को विषयमा जानकारी गराउँदै उद्घाटनको लागि आग्रह गरेको थियो ।

नाडाले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको शो मा १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी सवारी साधनका ब्रान्ड रहने जनाइएको छ ।

साथै, शो इलेक्ट्रिक, हाइब्रिड, स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर शो, युनट्री रोबट, दीपल इभोटल लगायत विषय प्रदर्शनको पनि केन्द्र रहने जनाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ३ : १७ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म