युद्धविराम गाजाको पीडा अन्त्य गर्ने एक मात्र उपायः राष्ट्रसङ्घ « Khabarhub

युद्धविराम गाजाको पीडा अन्त्य गर्ने एक मात्र उपायः राष्ट्रसङ्घ


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- गाजाको पीडा अन्त्य गर्ने एक मात्र उपाय युद्धविराम भएको राष्ट्रसङ्घीय राजनीतिक र शान्ति निर्माणमामिला विभाग युरोपका लागि सहायक महासचिव मिरोस्लाभ जेनोचाले बताएका छन् । गाजा क्षेत्रको सम्बन्धमा इजरायली सरकारको हालैको निर्णयले इजरायल र प्यालेस्टिनी क्षेत्रभन्दा बाहिर पनि द्वन्द्वको भयानक डर पैदा गर्ने खतरा रहेको विषयमा उनले जोड दिएका छन् ।

मध्यपूर्वको स्थिति सम्बन्धमा भएको सुरक्षा परिषद्को आपतकालीन बैठकमा उनले गाजाको मानवीय पीडा अन्त्य गर्ने एक मात्र उपाय तत्काल पूर्ण र स्थायी युद्धविराम गर्नु भएको भन्दै बन्धकहरूको बिना शर्त तत्काल र रिहाइको लागि आह्वान गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घका अधिकारीले इजरायललाई अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत आफ्ना दायित्वहरूको पालना गरी निर्बाध रूपमा आवश्यक मानवीय सहायता वितरण गर्न अनुमति दिन आह्वान गरेका छन् । उनले सहायता खोजिरहेका मानवीय कार्यकर्ताहरूसहित नागरिकहरूको सुरक्षा गर्नुपर्ने कुरामा पनि जोड दिएका छन् ।

गाजामा द्वन्द्वको समाधान इजरायलको गैरकानुनी कब्जाको अन्त्य र व्यवहारिक समाधान बिना कुनै दिगो समाधान नहुने भन्दै गाजा प्यालेस्टिनी राज्यको अभिन्न अङ्ग भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायली सरकारद्वारा गाजाको नियन्त्रण गर्ने निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनले यो निर्णयले विनास बढाएर लाखौँ प्यालेस्टिनी र बन्धकहरूको जीवनलाई जोखिममा पार्ने बताएका छन् ।

मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर तुर्कले इजरायली सरकारलाई कब्जा गरिएको गाजा पट्टीमा नियन्त्रण गर्ने योजना रोक्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ४ : ३२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर