कैलाली कारागार घटना : गृहमन्त्री लेखकको राजीनामा माग « Khabarhub

कैलाली कारागार घटना : गृहमन्त्री लेखकको राजीनामा माग


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालले कैलाली कारागार घटनाको जिम्मा लिँदै गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको छ । 

मुक्ति पार्टीले कैलाली कारागारमा एक जनाको मृत्यु र कयौँ कैदीबन्दी घाइते हुने गरी भएको घटनाको जिम्मेवारी लिँदै गृहमन्त्री लेखकलाई राजीनामा दिन माग गरेका हुन् ।  

‘सुरक्षा संयन्त्र गम्भीर रूपले असफल भएकोले गृह प्रशासनको प्रमुखको हैसियतले सम्पूर्ण घटनाको जिम्मा लिँदै नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा गरियोस्,’ प्रवक्ता रविन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

मुक्ति मोर्चाले आयोग गठन गरेर घटनाको सम्पूर्ण कारण, पृष्ठभूमि र दोषीहरूको पहिचान गरिनुपर्ने पनि माग गरेको छ । ‘दोषीलाई कुनै राजनीतिक या प्रशासनिक संरक्षण बिना कानूनी कारबाहीको दायरामा ल्याइयोस्,’ विज्ञप्तिमा लेखिएको छ, ‘घाइते कैदीबन्दीहरूको तत्काल उपचार, पुनःस्थापना र स्वास्थ्य सुरक्षा सुनिश्चित गरियोस् ।’

मुक्ति पार्टीले देशभरका कारागारहरूमा सुरक्षा, स्वास्थ्य र मानवअधिकार मापदण्डअनुसारको सुधार तत्काल सुरु गर्न र कैलाली कारागारमा मारिएका भरत चौधरीको परिवारलाई उचित राहत र दीर्घकालीन न्यायको पूर्ण सुनिश्चितता गर्न पनि माग गरेको छ । 

गत शुक्रबार राति कैलाली कारागारभित्र कैदीबन्दीहरूको दुई समूहबीच भएको हिंसात्मक झडपमा भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना कैदीबन्दी घाइते भएका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ४ : ५६ बजे

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,