बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध भ्रष्टाचार मुद्दामाथि सुनुवाइ « Khabarhub

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध भ्रष्टाचार मुद्दामाथि सुनुवाइ


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशको एक अदालतले पूर्व राष्ट्रपति शेख हसिना र संयुक्त राष्ट्रसङ्घको उच्च अधिकारीका रूपमा काम गरिसकेकी उहाँकी छोरीसहितको परिवारविरुद्ध भ्रष्टाचार विरोधी संस्थाले दायर गरेको मुद्दामाथि सोमबार सुनुवाइ गरेको छ।

सुनुवाइका क्रममा भ्रष्टाचार निरोधी आयोग (एसीसी) का तीन जना अधिकारीहरूले राजधानी ढाकाको एक उपनगरमा आकर्षक प्लटहरूको कथित भूमि हडप्ने तीन अलग–अलग मुद्दाहरूमा आरोपहरू पढेर सुनाएका थिए । हप्तौंको विद्यार्थी आन्दोलनको बलमा हसिनामाथि राजनीतिक दवाव परेपछि सन् २०२४ अगष्ट ५ मा हेलिकप्टरबाट बङ्गलादेशबाट भागेकी ७७ वर्षीया हसिनामाथि दर्जनौँ मुद्दामा संलग्न रहेको आरोप लागेको छ ।

उनले विद्रोहमा भएको घातक दमनलाई लिएर मानवताविरुद्धको अपराधको अभियोगमा आफ्नो छुट्टै र चलिरहेको सुनुवाइमा उपस्थित हुनेसहित भारतबाट फर्कने आदेशको अवहेलना गरेकी छिन् । हसिनासहित उनका छोरा सजिब वाजेद जोय र नयाँ दिल्लीमा विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्व एसिया प्रमुखका रूपमा कार्यरत छोरी साइमा वाजेदलाई भ्रष्टाचारको छ वटा अभियोगमा मुद्दा चलाइएको छ ।

“यदि शेख हसिना, उहाँका छोरा सजीब र छोरी साइमा यस मुद्दामा दोषी ठहरिएमा १४ वर्षको जेल सजाय हुन सक्छ,” एसीसीका वकिल खान मोहम्मद मैनुल हुसेनले एएफपीसँग भने । वाजेद डब्ल्यूएचओको जिम्मेवारीबाट बिदामा रहेकी छिन् । एक नयाँ अधिकारीले ‘अफिसर–इन–चार्ज’ को रूपमा पद ग्रहण गरेका छन् ।

हसिनासँग सम्बन्धित भ्रष्टाचारका छ वटा मुद्दा दर्ता भएका छन् । अन्य मुद्दाहरुमा हसीनाकी बहिनी शेख रेहाना र बेलायती सांसद टुलिप सिद्दिकसहित उनका छोराछोरीको पनि नाम जोडिएको छ । गत जनवरीमा बेलायत सरकारका भ्रष्टाचारविरोधी मन्त्री सिद्दिकले राजीनामा दिएकी छिन् । सिद्दिकका वकिलले बेलायती सांसद्माथि लगाइएको आरोप झुटो भएको बताएकी छिन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ५ : ३७ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा