‘जलवायु संकट समाधानमा अन्तरदेशय सहकार्य आवश्यक’ « Khabarhub

‘जलवायु संकट समाधानमा अन्तरदेशय सहकार्य आवश्यक’


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  जलवायु परिवर्तनविज्ञहरूले हिम जलाधार क्षेत्रमा बढ्दो जोखिम र सम्भावित क्षतिका घटना न्यूनीकरण गर्न अन्तरदेशीय सहकार्य आवश्यक रहेकामा जोड दिएका छन्। 

नेपाल वातावरण पत्रकार समूहले सोमबार आयोजना गरेको अन्तरक्रियामा विज्ञहरूले जलवायु संकटले निम्त्याउने जोखिम र हानी घटाउन सीमापार पूर्वसूचना सम्प्रेषण प्रणाली अपरिहार्य रहेको धारणा राखे । उनीहरूले अन्तरदेशीय सूचना सम्प्रेषण र अन्तरनिकाय समन्वय नहुँदा जलवायुजन्य प्रकोपले जनधनको क्षति बढाइरहेको बताए। 

कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का जलवायु र वातावरण विभाग प्रमुख डा. चाङ छ्याङकोङले जलवायुजन्य घटना सम्बोधन गर्न अध्ययन अनुसन्धान जरूरी रहेको बताए। विकसित देशहरूले अल्पविकसित देशलाई प्रविधि र ज्ञान हस्तान्तरण गरेमा पर्वतीय देशहरूले लाभ प्राप्त गर्ने उनको भनाइ थियो ।

जलवायुविज्ञ डा. धर्म उप्रेतीले बहुप्रकोपका घटना बढिरहँदा नेपाल एक्लैले समस्या समाधान गर्न नसक्ने भन्दै अन्तरदेशीय सहकार्य अपरिहार्य रहेको बताए। भारत र चीनमा भइरहेका जलवायुजन्य घटना नेपालका लागि सिकाइ हुनसक्ने बताउँदै उनले हिमाली क्षेत्रमा तापक्रम वृद्धिले क्षतिका घटना बढेर जाने खतरा रहेको उल्लेख गरे ।

हिमबाढी अध्येता श्रीकमल द्विवेदीले जलवायु जोखिमका घटना न्यूनीकरण गर्न नेपालले आफ्नो क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिँदै हिमताल फुटेर मात्रै हिमबाढी नहुने भएकाले यसतर्फको अध्ययन बढाउनुपर्ने खाँचो औँल्याए । जलवायुजन्य बहुप्रकोपका घटना हुन नदिन र क्षति न्यूनीकरण गर्न विशेष निकाय स्थापना गर्नुपर्ने बताउँदै उनले हिमबाढीको क्षति आँकलन हुन नसक्दा विकासका आयोजनामा असर हुन थालेको चर्चा गरे ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वातावरण निरीक्षक रिना चौधरीले जोखिम न्यूनीकरण र घटनापछिको अवस्थामा सहजीकरण गर्न प्राधिकरण क्रियाशील रहेको बताए। समन्वयकारी निकाय भएकाले प्राधिकरणले सोहीअनुसार काम गरिरहेको जानकारी गराए । 

समूहका पूर्वअध्यक्ष कसमस विश्वकर्मा र वातावरणविद् डा विनोद भट्टले प्रकोप न्यूनीकरणका घटनामा पत्रकार र सञ्चार माध्यमलाई समयसापेक्ष तालिम, कार्यशाला र अनुशिक्षण आवश्यक रहेको सुझाव दिए।
 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ५ : ४४ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै