पाकिस्तानमा १९ जनामा भेटियो पोलियो « Khabarhub

पाकिस्तानमा १९ जनामा भेटियो पोलियो


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको शुरुयता पाकिस्तानमा पोलियो रोगका १९ औँ बिरामी फेला परेका छन् । पाकिस्तानको पोलियो उन्मूलन कार्यक्रमअन्तर्गत क्षेत्रीय रेफरेन्स प्रयोगशालाले खैबर पख्तुनख्वाका एक जना बिरामीमा पोलियो देखिएको जानकारी दिएको हो ।

खैबर पख्तुनख्वाको लक्की मरवत क्षेत्रमा बसोबास गर्ने ५ वर्षीय बालकमा पोलियो देखा परेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार हालसम्म खैबर पख्तुनख्वामा १२ जनामा पोलियो देखिएको छ ।

पोलियो रोग लागेका बालबालिकामा पक्षाघात हुने गर्छ ।

पोलियोको कुनै उपचार नभएकाले केवल रोकथाम मात्र सम्भव छ । पोलियो उन्मूलनका लागि पाकिस्तान सरकारले बारम्बार खोप अभियान सञ्चालन गर्दै आएको छ ।

यद्यपि पाकिस्तानका कतिपय समुदायले आफ्ना बालबालिकालाई पोलियो खाप दिन अस्वीकार गर्दै आएका छन् । पाकिस्तानमा पोलियो खोप अभियानमा संलग्न सुरक्षाकर्मी एवम् स्वास्थ्यकर्मीलाई लक्षित गरी आक्रमणका घटना पनि हुने गरेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ६ : ४० बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका