एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा छुट « Khabarhub

एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा छुट


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष दिने भनी सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता सम्पन्न भएको छ । 

यस समझदारीसँगै बैंकका ग्राहकले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा २५०० रुपैयाँ र संस्थागतरुपमा प्रयोग गर्दा २० प्रतिशत छुट पाउने भएका छन् । 

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरेका हुन् । 

ग्राहकले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा २५०० छुट पाउने छन् । 

त्यस्तै, इन्टरनेटसँगै आईपीटिभीको सेवा लिने नयाँ ग्राहकले पनि उक्त रकमको छुट पाउन सक्छन् । साथै, हाल सेवा लिएका ग्राहकले उक्त सेवा नवीकरण गर्दा वार्षिक सेवाम थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ७ : २५ बजे

सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ : सचिव अर्याल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको

तस्बिरमा हेर्नुहोस्, काठमाडौं र लुम्बिनीको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी

बर्दिया घटनाबारे गठित छानविन समितिले थाल्यो काम  

काठमाडौं– नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ धरापमा, १० ओभरमा ६ विकेटको क्षति ५१ रन

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी

सम्पादकसँग ईश्वर पोखरेलको अन्तर्क्रिया (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली बाहेक