पाकिस्तानको खैबर पख्तुनख्वामा वर्षाजन्य विपदमा परी ७१ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वामा वर्षाजन्य विपदमा परी ७१ जनाको मृत्यु


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा वर्षासँग सम्बन्धित घटनाहरूमा कम्तीमा ७१ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा आधाभन्दा बढी बालबालिका छन् । यी घटनामा ८६ जना घाइते भएका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेको तथ्याङ्क अनुसार मृत्यु हुनेमा ४० बालबालिका, १७ पुरुष र १४ महिला छन् । जुन महिनाको अन्त्यदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनी वर्षाले खैबर पख्तुनख्वामा ठूलो विनाश मच्चाएको छ ।

बाढी, पहिरो र वर्षाजन्य विपद्ले भौतिक संरचनामा व्यापक क्षति निम्त्याएको छ । विपदमा परी स्वात जिल्लामा सबैभन्दा बढी २२ जनाको मृत्यु भएको छ । जुन २७ मा स्वात र मालाकन्द डिभिजनमा आएको अप्रत्याशित बाढीमा १७ जना पर्यटक बेपत्ता भएका थिए ।

जसमध्ये १२ जनाको शव फेला परेको छ । चार जनालाई उद्धार गरिएको छ र बाँकी एक जना अझै बेपत्ता छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ७ : २३ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका