पाकिस्तानको खैबर पख्तुनख्वामा वर्षाजन्य विपदमा परी ७१ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वामा वर्षाजन्य विपदमा परी ७१ जनाको मृत्यु


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा वर्षासँग सम्बन्धित घटनाहरूमा कम्तीमा ७१ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा आधाभन्दा बढी बालबालिका छन् । यी घटनामा ८६ जना घाइते भएका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेको तथ्याङ्क अनुसार मृत्यु हुनेमा ४० बालबालिका, १७ पुरुष र १४ महिला छन् । जुन महिनाको अन्त्यदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनी वर्षाले खैबर पख्तुनख्वामा ठूलो विनाश मच्चाएको छ ।

बाढी, पहिरो र वर्षाजन्य विपद्ले भौतिक संरचनामा व्यापक क्षति निम्त्याएको छ । विपदमा परी स्वात जिल्लामा सबैभन्दा बढी २२ जनाको मृत्यु भएको छ । जुन २७ मा स्वात र मालाकन्द डिभिजनमा आएको अप्रत्याशित बाढीमा १७ जना पर्यटक बेपत्ता भएका थिए ।

जसमध्ये १२ जनाको शव फेला परेको छ । चार जनालाई उद्धार गरिएको छ र बाँकी एक जना अझै बेपत्ता छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ७ : २३ बजे

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको