भारतले फिलिपिन्सका नागरिकलाई निःशुल्क इ भिसा दिने « Khabarhub

भारतले फिलिपिन्सका नागरिकलाई निःशुल्क इ भिसा दिने


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले फिलिपिन्सका नागरिकहरूलाई निःशुल्क इ–भिसा प्रदान गर्ने भएको छ । भारतले यही वर्षको अगस्त १ देखि आगामी वर्षको जुलाई ३१ सम्म फिलिपिन्सका नागरिकलाई निःशुल्क भिसा प्रदान गर्ने भएको हो । यी निःशुल्क भिसाको म्याद ३० दिनको हुने जनाइएको छ ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको भारत भ्रमणमा क्रममा भारतले यस्तो घोषणा गरेको हो । यो भिसाका लागि फिलिपिन्सका नागरिकले अनलाइनमार्फत आवेदन गर्न सक्ने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यो भिसाको म्याद थप गर्न पाइने छैन । त्यसैगरी यो भिसा लिएर संरक्षित एवम् प्रतिबन्धित क्षेत्र तथा सुरक्षाका हिसाबमा संवेदनशील क्षेत्रहरूको भ्रमणका लागि पनि मान्य हुनेछैन ।

यो कदमले भारत र फिलिपिन्सबीचको पर्यटन र आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ७ : ४८ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,