राष्ट्रिय सुरक्षा उल्लङ्घन गरेको आरोपमा हङकङले लगायो १६ जनामाथि प्रतिबन्ध « Khabarhub

राष्ट्रिय सुरक्षा उल्लङ्घन गरेको आरोपमा हङकङले लगायो १६ जनामाथि प्रतिबन्ध


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङ प्रशासनले राष्ट्रिय सुरक्षा उल्लङ्घन गरेको आरोपमा १६ जनालाई लक्षित गर्दै नयाँ प्रतिबन्धात्मक कदमहरु चालेको छ । हङकङ प्रशासनले उनीहरुसँग पैसाको कारोबार गर्न प्रतिबन्ध लगाएको छ । त्यसैगरी, उनीहरुमध्ये १२ जनाको राहदानी पनि रद्द गरिएको छ ।

सुरक्षा मन्त्री क्रिस ट्याङ पिङ–केउङले ‘राष्ट्रिय सुरक्षा संरक्षण अध्यादेश’ अन्तर्गत यी कदमको घोषणा गरेका हुन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार उनीहरु ‘हङकङ पार्लियामेन्ट’ नामक समूहमा आबद्ध छन् ।

उनीहरु सबै जना विदेशमा बसोबास गर्दै आएका छन् । हङकङ प्रशासनका एक जना प्रवक्ताले पोस्टलाई बताएअनुसार उनीहरु ‘अमेरिका, क्यानडा, जर्मनी, अष्ट्रेलिया, थाइल्याण्ड, चीनको ताइवान क्षेत्रजस्ता ठाउँमा लुकेर राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने गतिविधिहरूमा संलग्न छन् ।’

उनीहरुमाथि सन् २०२० मा लागू गरिएको राष्ट्रिय सुरक्षा कानून उल्लङ्घन गरेको आरोप पनि लागेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : २१ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक