जंगीअड्डा अगाडि जेन-जीको नाराबाजी, माइकिङ गर्दै सेना (तस्बिरहरू) « Khabarhub

जंगीअड्डा अगाडि जेन-जीको नाराबाजी, माइकिङ गर्दै सेना (तस्बिरहरू)


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने रस्साकस्सी चलिरहेका बेला नेपाली सैनिकको मुख्यालय जंगी अड्डा क्षेत्रमा जेन-जी र सञ्चारकर्मीको ठूलो भिड लागेको छ।

सेनाको मुख्य गेटबाहिर सयौँ जेन-जी तथा नेपाली र भारतीय सञ्चारमाध्यमका पत्रकार जम्मा भएका छन् ।

अहिले जेन-जीले ७३ वर्षकी सुशीला कार्कीलाई स्वीकार्न नसकिने भन्दै नाराबाजी गरिरहेका छन् ।

अर्कातिर नेपाली सञ्चारकर्मीले भारतीय सञ्चारकर्मीविरुद्ध पनि नाराबाजी गरेका छन् । जेन-जीले युवा पुस्ताबाटै प्रधानमन्त्री चाहिने जिकिरसहित चर्को नाराबाजी र वादविवाद गरिरहेका छन् ।

जेन-जी र पत्रकारको ठूलो भिड जम्मा भएपछि बुधबार रातिकै शैलीमा अहिले पनि सेनाले माइकिङ गरिरहेको छ ।

ठूलो भिड जम्मा भएपछि सैनिक मुख्यालय वरिपरि सेनाले कडाइ गरेको छ । केही युवाले सुशीला कार्की मान्दैनौँ नाराबाजी र विरोधसमेत गर्दैछन् ।

त्यसपछि सेनाले अनावश्यक भिड नगर्न भन्दै मुख्यालयको गेट परिसर र धरहरा अगाडि भेला भएकाहरूलाई माइकिङ गरेर हटाउने काम गरिरहेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १२ : ०७ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ