संविधानअनुसार जेन–जीको सरकार बनोस्, हामी पछाडि बस्न तयार छौँ : गगन थापा « Khabarhub

संविधानअनुसार जेन–जीको सरकार बनोस्, हामी पछाडि बस्न तयार छौँ : गगन थापा


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकमा विकसित पछिल्लो घटनाक्रमपछि नेपाली सेनाको सहजीकरणमा नयाँ सरकार गठनको पहल भइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन–जी पुस्ताको भावनाअनुसार सरकार गठन गरिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकबाट बिहीबार १५ मिनेट लामो भिडियो सन्देश जारी गर्दै उनले पछिल्लो परिवर्तनको संवाहक जेन–जी पुस्ताको भावनाअनुसार सरकार बनाउनु पर्ने बताएका हुन् ।

‘अब कसरी अगाडि बढ्ने भन्ने कुरा तपाईंहरूको भावनाअनुसार सरकार बनाउने कुरा ठीक छ । त्यो सरकारले काम गरोस्, त्यही नै बाटोमा जाने हो,’ महामन्त्री थापाले जेन–जी पुस्तालाई सम्बोधन गर्दै भनेका छन् ।

महामन्त्री थापाले जेन–जी पुस्तालाई नयाँ सरकार गठन भने संविधानमा टेकेर गर्नसमेत आग्रह गरेका छन् । सन्तुलन मिलाएर बनाइएको संविधानले दिएका अधिकार कटौती गरेर अगाडि बढे भोलिका दिनमा सम्हाल्न नसक्ने अवस्था सिर्जना हुन सक्नेतर्फ उनले सचेत गराएका छन् ।

महामन्त्री थापाले भिडियो सन्देशमा व्यक्त गरेको धारणाका संशोधित अंश :
भाद्र २३ गते ‘मास किलिङ’ भएको छ । यसमा जोसुकै संलग्न किन नहोस्, ती सबैले सजाय पाउनुपर्छ । २४ गते ‘पिसफुल प्रोटेस्ट’लाई जसले यत्रो भाँडभैलो गर्‍याे, यत्रो विभत्स मच्चायो, नेपालमा आन्दोलन हुँदै गर्दा यो लेभलको डिस्ट्रोक्सन कहिले पनि भएको थिएन । अदालत, जेल केही बाँकी छैन । कल्ले गर्‍याे किन गर्याे, त्यो पनि छानबिन हुनुपर्छ । जो यसको दोषी हो त्यसले पनि सजाय पाउनुपर्छ ।

दोस्रो कुरा – तपाईंहरूले २०४६ साल पछाडि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्तिको छानबिन हुनैपर्छ, किन कि हामी पनि यसबाट आजित छौँ । नयाँ बन्ने सरकारले एउटा कानून बनाएर शक्तिशाली आयोग बनाउनुपर्छ ।

त्यसले मेरो पनि आय–व्यवसाय, चाहिने–नचाहिने ब्लेमहरू लगाएको छ । त्यो सबैको छानबिन हुनुपर्छ । दूधको दूध, पानीको पानी हुनुपर्छ । जसले गल्ती गरेको त्यसले सजाय पाउनै पर्छ । त्यसको सम्पत्ति कानून बनाएर राष्ट्रियकरण गर्नुपर्छ । तर, यसलाई जर्नलाइज गरेर सबैलाई एकै घानमा हाल्नु हुँदैन ।

तेस्रो – अब कसरी अगाडि बढ्ने भन्ने कुरा तपाईँहरूको भावनाअनुसार सरकार बनाउने कुरा ठीक छ । त्यो सरकारले काम गरोस्, त्यही नै बाटोमा जाने हो । तर, मेरो एउटा अनुरोध छ– ०६२–०६३ को आन्दोलनपछि एउटा नयाँ संविधान बन्यो । यो संविधान बन्ने बाटो सजिलो थिएन ।

यो बीचमा हामीले धेरै कुराहरू भोगेका छौँ । हामीले गृहयुद्ध भोग्यौँ, ठूलो जातीय युद्ध भोग्यौँ । नेपालभित्र आदिवासी, जनजाति, मधेशी, मुस्लिम, अल्पसंख्यक थुप्रै थुप्रै कुराहरूका आ–आफ्नै माग मुद्दालाई एउटा सन्तुलन मिलाएर बनाइएको संविधान हो यो । अहिले कोही बोलेको छैन । तर, आफ्नो अधिकार खोस्यो भन्ने पर्‍याे भने फेरि सबैले बोल्ने अवस्था आउँछ । कसैले सम्हाल्न सक्दैन हामीहरूलाई ।

त्यसैले संविधानको निरन्तरताका बारेमा तपाईंले ख्याल गर्नै पर्छ । हामीले जे कुरा गर्ने हो, कहीँ न कहीँ संविधानमा टेक्नै पर्छ । संविधानलाई कायम राखेर यो भित्र पुर्नलेखन गरौँ । तपाईंहरूले भने अनुसार नै गर्ने । तपाईंहरूले चलाउने । हामीहरू ब्याक बेन्चमा बस्न परे बस्ने । हामी पार्टी सुधार गर्न लाग्छौँ ।

पार्टीको लिडरसिप परिवर्तन गर्छौँ । पार्टीको सबै कुरा बदल्छौँ । हामी त्यतातिर जान्छौँ । केही समयलाई यसरी नै गरौँ । तर, संविधानभन्दा बाहिर गएर समाधान खोज्न धेरै पर गयौँ भने एक्छिन त होला तर केही समय पछाडि फेरि सम्हाल्न नसकिने अवस्था बन्छ । यस्तो पनि नहोस् । यत्रो ठूलो परिवर्तनको हुटहुटी राखेर तपाईंहरूले जे कुरा गर्नुभएको छ, कहीँ त्यसको दुखान्त नहोस् ।

यस्तो पनि नहोस् पीडित भिक्ट्री जस्तो पराजयपूर्ण विजय । विजय त भयो, तर पछि गएर पश्चाताप मात्रै भयो । के भयो, के भयो । यत्रो ठूलो क्षति भएको छ । यसलाई हामीले सम्हाल्नु पर्नेछ । यसलाई पुनर्निमाण गर्नुपर्ने छ ।

सबैको साथ सहयोग चाहिन्छ । गल्ती गर्नेलाई सजाय पनि दिनुपर्ने छ, सबै अरू बाँकी रहेकालाई मिलाएर पनि लैजानु पर्नेछ । कसरी गर्ने पक्कै पनि ध्यान पुर्‍याउनु हुनेछ । तपाईंहरू माथि ठूलो विश्वास छ । तपाईंहरूकै पुस्ताले गर्न सक्छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १२ : २० बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका