अनेरास्ववियु छाडेका सुजनले दुई दिनमै फेरे कुरा, अब एमालेमै डटेर सक्रिय हुने घोषणा   « Khabarhub

अनेरास्ववियु छाडेका सुजनले दुई दिनमै फेरे कुरा, अब एमालेमै डटेर सक्रिय हुने घोषणा  


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जीहरूले सोमबर र मंगलबा गरेको आन्दोलनपछि हतार हतार अनेरास्ववियुको अध्यक्षबाट राजीनामा दिएका डा. सुजन कडरिया दुई दिनमै फेरिएका छन् ।

कडरियाले राजीनामा दिएपछि एमालेमा अनेरास्ववियुको नयाँ अध्यक्ष खोजी हुन थालेका बेला उनले कुरा फेरेका हुन् । मंगलबार घरमै आएर केही समूहले मार्ने धम्की दिएकाले बाध्यतावश आफूले अनेरास्ववियु र एमाले छाड्ने घोषणा गर्नुपरेको जिकिर उनले गरेका छन् ।

घरमै हातहतियारसहित आएका केही व्यक्तिले आक्रमण गरेपछि आफूले फेसबुकमा लेखेर राजीनामा घोषणा गर्न बाध्य हुनुपरेको जिकिरसहित अब उनले कुरा फेरेका हुन् ।

घरमै आएर केही व्यक्तिहरूले मार्न खोज्दा चोटसमेत लागेको दाबीसहित उनले फेसबुकमा तस्बिर पनि हालेका छन् ।

फेसबुकबाट राजीनमा दिएका उनले एमाले नेताहरू विस्तारै सक्रिय हुन थालेपछि फेसबुकबाटै उक्त निर्णय फिर्ता लिएका हुन् । कडरियाले जस्तोसुकै अवस्थामा पनि एमाले नछाड्ने नयाँ तर्क झिकेका छन् । प्रतिकूल परिस्थितिको सामना गर्न नसक्दा भएको कमजोरीका लागि उनले एमालेवृत्तसँग माफी पनि माग्दै पुन: सक्रिय भएको घोषणा गरेका हुन् ।

के भने ?

जेन-जी पुस्ताको नाममा मेरो घरमा हातहतियारसहित आक्रमण गर्न आएको विषय सत्य हो। उनीहरूले मेरो घर जलाएर मलाई हत्या गर्न खोजेका थिए। शारीरिक हातपात त भयो नै, त्यसमाथि जबरजस्ती सामाजिक सञ्जालमार्फत् राजीनामा दिन पनि बाध्य बनाइयो।सायद त्यतिबेला त्यस्तो पोस्ट नगरिएको भए, म आज जिउँदो हुने थिइन। तर यो प्रष्ट पार्न चाहन्छु—मैले कुनै पनि संगठनबाट आधिकारिक रूपमा राजीनामा दिएको छैन। हो, मलाई मार्न आएका हुन् यो सत्य हो, मलाई हातपात पनि भयो र मार्न खोजियो, एकजना चिनेको भाइले बचाएकै हो, ऊप्रति जीवनभर कृतज्ञ रहनेछु।

आज हामी सबैले एकअर्कालाई दोषारोपण होइन, एकताभावका साथ संयमित हुन जरुरी छ। यस्तो बेलामा संविधान रक्षाको निमित्त सवै एक हुन जरुरी छ । यतिबेला अब कसैले मारेछन् भनेपनि एमाले छोड्दिनँ, यो नै सत्य हो। यो सबै परिस्थिले पुष्टि हुन्छ कि देशलाई माया गर्ने एमाले नै हो। कुनै पनि आन्दोलनले देशको सिंहदरबार जलाउन सक्दैन, अदालत जलाउन सक्दैन। विद्यार्थी मार्दा हामीले गलत भयो भन्यौं, अब यति ढुक्क साथ भन्छु, त्यसपछि झनै अराजकता बढेको छ।देश संविधान अनुसार नै चल्नु पर्छ । देशका वरिष्ठ नेताहरू यो परिस्थितिको सामना गर्न नसक्दा मबाट कमजोरी भएकै हो। यसबाट एमालेजनमा पुर्‍याएको चोटप्रति क्षमाप्रार्थी छु। सबै परिस्थीतिको निम्ति आत्मआलोचित छु। मानिसले भुलहरुबाटै सँच्चिने हो। अहिलेलाई म ठिक छु । देश बचाउन सक्यौं भने हाम्रो जित हुनेछ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  २ : ४२ बजे

प्रचण्ड र माधवले देखेको खतरा : कुनै दलको बहुमत आउँदैन, देश फेरि अस्थिरतातिर जान्छ

काठमाडौं- विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टीहरू मिलेर गत कात्तिक १९

गोरखामा रविले भने- सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ 

गोरखा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार

मुख्य ६ एजेन्डासहित मतदातालाई प्रचण्ड-माधवको अपिल, ‘व्यवस्था बदल्यौँ, अब जनताको अवस्था बदल्छौँ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले चुनाव नजिकिँदै गर्दा बिहीबार मतदाताका लागि

बाढीले थला परेको रोशीमा छैन चुनावी चहलपहल (तस्बिरहरू)

काठमाडौं– अहिले देशभर चुनावी माहौल छाएको छ ।  नयाँ पुस्ता

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन– देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै