नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ « Khabarhub

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय टकलासहित १७ जना ललितपुबाट पक्राउ परेका छन् ।

उनीहरूलाई प्रहरी र सेनासहितको टोलीले ललितपुरको मंगलटारबाट बिहीबार पक्राउ गरेको हो ।

त्यसैगरी सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दी पनि पक्राउ परेका छन् । उता, डोटीको दिपायल सिलगढीस्थित बाल सुधार गृहबाट भागेका ३ जना बालबन्दी पनि समातिएका छन् ।

धादिङस्थित गजुरीमा रहेको धादिङ कारागारबाट भागेका ३९ जना कैदी र बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना बालबन्दी नियन्त्रणमा आएका छन् ।

बाँकेको नेपालगञ्जस्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । त्यस क्रममा १ जना कैदी घाइते भएका छन् ।

उता, ललितपुरको भैँसेपाटी इलाकाको प्रहरी चौकी स्थानीय व्यक्तिहरुद्वारा सरसफाई गरी प्रहरीलाई स्वागत गरेका छन् ।

सेना र प्रहरीले हालसम्म विभिन्न स्थानहरुबाट ९७ नाल हतियारहरू बरामद गरेका छन् । काभ्रेपलान्चोकको बनेपा ९ स्थित नयाँ बस्तीमा फेला परेका ८ वटा सकेट बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ७ : ५५ बजे

मतदातालाई महावीर पुनले भने- तपाईँलाई मन पर्छ भोट देउ, मन पर्दैन भने नदेउ

काठमाडौं- स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो चुनावी अभियानका क्रममा मतदातालाई

अफगानिस्तानमा घरको छाना खस्दा ४ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एक घरको छाना

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल