तनहुँमा शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू « Khabarhub

तनहुँमा शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाभर भोलि (शुक्रबार) बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित)को दफा (६) को उपदफा (३) (क) बमोजिम निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेका हुन् ।

जसअनुसार आज साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा र साँझ ७ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्म लागु हुने गरी दफा (६क) बमोजिम कर्फ्यूको आदेश जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

हाल देशभर विकसित घटनाक्रम एवं सम्बन्धित पक्षहरुसँग वार्ताको पहल भइरहेको जनाउँदै पछिल्लो समय जनजीवन क्रमशः सामान्यीकरण हुँदै गएको अवस्थामा समाजमा अराजक तत्वहरुको घुसपैठ भई प्रदर्शन, जुलुस, दङ्गा तथा झडप भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई उक्त आदेश जारी गरिएको प्रजिअ अधिकारीले उल्लेख गरेका छन् ।

उक्त अवधिमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक निजी तथा सार्वजनिक यातायातका सबै सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको छ । निषेधाज्ञा जारी भएको समय र क्षेत्रमा अत्यावश्यक सेवाका सवारी साधनहरु, बिरामी बोकेका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवार सवारी साधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु, हवाई टिकटका आधारमा हवाइ यात्रुको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने जनाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १० : ०३ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६