सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क « Khabarhub

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गर्ने भएको छ ।

विभागका निर्देशक टीकाराम ढकालले एक विज्ञप्ति जारी गर्दै नेपालमा पछिल्लो विकसित घटनाक्रमका कारण भिसा अवधि थप गर्न नसकेका विदेशी नागरिकमा पर्न गएको असुविधाप्रति विभाग संवेदनशील भएर अध्यागमन कार्यालयबाटै भिसा अनुमति दिने बताए ।

उनका अनुसार सेप्टेम्बर ८ सम्मको भिसा मान्य भएका र कफ्र्यु आदेश लागू भएको अवधिमा प्रस्थान गर्नुपर्ने विदेशी नागरिकलाई प्रस्थान गर्ने बिन्दुमा अध्यागमन कार्यालयबाट अतिरिक्त शुल्क नलिइ भिसा नियमितीकरण र बाहिर निस्कने अनुमति दिइनेछ ।

त्यसैगरी यस अवधिमा राहदानी हराउने र सम्बन्धित दूतावासबाट ट्राभल डकुमेन्ट वा आपतकालीन राहदानी लिइसकेका विदेशी नागरिकका लागि भिसा स्थानान्तरणको पनि आवश्यक व्यवस्था मिलाइएको छ ।

यस्तो अवस्थामा उनीहरुको भिसा विद्यमान नियमनअनुसार हस्तान्तरण गरिनेछ र सम्बन्धित अध्यागमन कार्यालयबाटै भिसा नियमितीकरण र बाहिर निस्कने अनुमति दिइनेछ । अध्यागमन विभागको यो सूचनालाई नेपाल पर्यटन बोर्डले अद्यावधिक गर्दै पर्यटक आवागमन सहजीकरण भइरहेको उल्लेख गरेको छ ।

विमानस्थलबाट पर्यटकलाई होटलसम्म पु¥याउने र त्यहाँबाट विमानस्थल पु¥याउनका लागि सटल बसको व्यवस्था गरिएको बोर्डले जनाएको छ । पर्यटकलाई कुनै पनि समस्या परेका खण्डमा बोर्डले कर्मचारीलाई सम्पर्क नम्बरसहित २४सै घण्टा तैनाथ गरिएको पनि उल्लेख गरेको छ ।

जेनजीको प्रदर्शनका कारण यही भदौ २४ गते दिउँसो १४ः३० बजेदेखि बन्द विमानस्थल २५ गते बुधबार दिउँसो १४ः३० बजे खुलाइएको थियो । बुधबार साँझदेखि अन्तरराष्ट्रिय उडान सञ्चालन भयो भने आज बिहानैदेखि आन्तरिक उडान पनि नियमित रुपमा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १० : ५६ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले