चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट « Khabarhub

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा अन्योलको वातावरण हुँदा राष्ट्रपतिको कार्यालय प्रधानमन्त्रीको कार्यालयका वेबसाइट चल्न छाडेका छन् ।

बिहीबार राति साढे ११ बजे खोलेर हेर्दा दुवै कार्यालयका वेबसाइट खुल्दैनन् । अर्कातिर गृहमन्त्रालयसहित अन्य सरकारी कार्यालयका वेबसाइट सञ्चालनमै छन् ।

दुवै कार्यालयका वेबसाइट पूरै डाउन गरिएको छ । देशमा सेनाको नेतृत्वमा राजा फर्काउन लागिएको हल्ला भुसको आगो जसरी फैलिएका बेला यी दुई कार्यालयको वेबसाइट के कारणले बन्द भए खुलेको छैन । जेन-जीको आगजनीका कारण या नियतवश यी वेबसाइट बन्द भए खुल्न सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएपछि पनि आधिकारिक वेबसाइट भने सञ्चालनमै थियो । तर बिहीबार मध्यरातिदेखि दुवै कार्यालयका वेबसाइट बन्द गरिएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ११ : ४६ बजे

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा