चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट « Khabarhub

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा अन्योलको वातावरण हुँदा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट चल्न छाडेका छन् ।

बिहीबार राति साढे ११ बजे खोलेर हेर्दा दुवै कार्यालयका वेबसाइट खुल्दैनन् । अर्कातिर गृहमन्त्रालयसहित अन्य सरकारी कार्यालयका वेबसाइट सञ्चालनमै छन् ।

दुवै कार्यालयका वेबसाइट पूरै डाउन गरिएको छ । देशमा सेनाको नेतृत्वमा राजा फर्काउन लागिएको हल्ला भुसको आगो जसरी फैलिएका बेला यी दुई कार्यालयको वेबसाइट के कारणले बन्द भए खुलेको छैन । जेन-जीको आगजनीका कारण या नियतवश यी वेबसाइट बन्द भए खुल्न सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएपछि पनि आधिकारिक वेबसाइट भने सञ्चालनमै थियो । तर बिहीबार मध्यरातिदेखि दुवै कार्यालयका वेबसाइट बन्द गरिएको छ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ११ : ४६ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा