कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, केन्द्रीय समितिका एजेण्डा टुङ्गो लगाउने « Khabarhub

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, केन्द्रीय समितिका एजेण्डा टुङ्गो लगाउने


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।  बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा टुंगो लगाउने छ । 

गत बिहीबारदेखि पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सुरु भएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । बैठकमा नेताहरूले पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको प्रभावबारे बहस गरेका छन् ।

नेताहरूले पदाधिकारी बैठकमा आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने एजेण्डा केन्द्रीय समिति बैठकमा लैजान सुझाव दिएका छन् ।

जेनजी आन्दोलनका क्रममा घरमै आक्रमणमा परेका पार्टी सभापति शेरबहादुर देउवा घाइते भएर आराम गरिरहेकाले पदाधिकारी बैठकमा उपस्थित भएका छैनन् । केन्द्रीय समिति बैठकमा भने उपस्थित हुने बुझिएको छ । 

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ७ : ०६ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि