खोटाङमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नेको चहलपहल बढ्यो « Khabarhub

खोटाङमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नेको चहलपहल बढ्यो


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

खोटाङ- जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै खोटाङमा पनि फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने/गराउने युवाको चहलपहल बढेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन आयोगलाई दिएको निर्देशनअनुसार प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न यही असोज ९ गतेदेखि देशभर एकैसाथ मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम सुरु भएसँगै नागरिकले पनि आफ्नो नाम दर्ता तथा अद्यावधिक गर्न थालेका हुन् ।

दश स्थानीय तह रहेको जिल्लामा दैनिक १५ देखि ४० जनासम्मले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक गराउने गरेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रवीन मगरले जानकारी दिए । “देशभर खुला गरिएको मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुन्छ । जिल्लामा अहिलेसम्म अपेक्षा गरेअनुसार मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने काम भएको छैन । यद्यपि, हामीले प्रचारप्रसार गरिरहेका छौँ”, उनले भने, “नयाँ दर्ता गराउनेले अनलाइन फाराम भरेर बायोमेट्रिक गर्न कार्यालयमा आउने तथा अद्यावधिक गर्नेहरू कार्यालय आउनुपर्दैन । नयाँ दर्ता गराउनेका लागि बिदाको दिनबाहेक दैनिक बिहान ८ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म कार्यालय खुला राखिनेछ ।”

मतदाता नामावलीका लागि अनलाइन फाराम भर्न नजान्ने, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई कार्यालयले सहजीकरण गर्ने निर्वाचन कार्यालय खोटाङका प्रमुख मगरले जानकारी दिए । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन चाहने नेपाली नागरिकले देशभरका जुनसुकै जिल्ला तथा प्रदेश कार्यालयमा गएर आफ्नो नाम दर्ता गराउने सक्ने व्यवस्था गरेको छ ।

जिल्लामा मतदाता नामावली दर्ता गराउन आउने अधिकांश नागरिक १६ देखि २५ वर्ष उमेर समूहको रहेको निर्वाचन कार्यालयले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आगामी कात्तिक १६ गतेसम्ममा १८ वर्ष पूरा हुने मतदाताको सङ्ख्या एक लाख ४४ हजार ४२९ जना पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङका मतदाता नामावली दर्ता शाखा प्रमुख सञ्जीव खड्काले जानकारी दिए । आगामी फागुन २१ गते गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा करिब हजार जना मतदाता थपिने अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

विसं २०७९ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनको बेला खोटाङमा एक लाख ४३ हजार ७५२ जना मतदाता रहेका थिए । निर्वाचन आयोगले नेपाली नागरिकताको प्रमाणपत्र लिएका १६ वर्षमाथिका जोसुकै नेपाली नागरिकले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि भन्दै निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिकको काम सुरु गरेपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले देशभर सर्कुलर जारी गर्दै आफ्ना कार्यकर्तालाई मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न/गराउन आह्वान गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १२ : १४ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको