जनताको विश्वास जित्नुस् : मुख्यमन्त्री कँडेल « Khabarhub

जनताको विश्वास जित्नुस् : मुख्यमन्त्री कँडेल


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले उठाएका सकारात्मक भावना र मागलाई सम्मान गर्दै सुधारका ठोस योजनासहित काम अघि बढाउन प्रदेशका सचिवहरूलाई निर्देशन दिएका छन् ।

प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवसँग आव २०८२/८३ को बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी भएका निर्णय र प्रतिबद्धताका प्रगतिसम्बन्धी छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले भने, “अब सुधारका कुरा कागजमै सीमित हुने होइन, व्यवहारमै देखिनुपर्छ, जनताले पारदर्शिता, जवाफदेहिता र सहज सेवाको अपेक्षा गरेका छन्, त्यसको प्रत्यक्ष अनुभव दिलाउनु नै हाम्रो जिम्मेवारी हो ।”

उनले कार्यालयका ढोका जनताका लागि सधैँ खुला राख्न, हरेक काममा पारदर्शिता र विश्वास कायम गर्न तथा विगतका कमजोरीबाट सकारात्मक पाठ लिएर नयाँ सोच र कार्यशैली अपनाउन आग्रह गरे । उनका अनुसार हिजोका गल्तीबाट सिकेर आज सुधारका उपाय लागू गर्नु नै वास्तविक प्रगति हो ।

उनले प्रदेश सरकारको प्राथमिकता खर्च कटौती, कार्यक्षमता वृद्धि र परिणाममुखी सेवा प्रवाह हुने स्पष्ट पारे । मुख्यमन्त्री कँडेलले भने, “सङ्घ सरकारसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको कार्यक्षमता देखाउन अब तपाईंहरूले पहल गर्नुपर्छ, तालिम, भ्रमण, गोष्ठी वा आवश्यक नभएका योजनामा हुने खर्च घटाएर वास्तविक विकासमा लगानी गर्नुपर्ने बेला आएको छ ।”

त्यस क्रममा उनले प्रत्येक मन्त्रालय र कार्यालयमा देखिने अनावश्यक खर्च, ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्न, सेवा प्रवाहमा सरलता ल्याउन, ढिलाइ संस्कृतिलाई अन्त्य गर्दै जनतामुखी प्रशासनिक सुधार लागू गर्न सबै सचिवहरूलाई निर्देशन दिए ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  २ : ३३ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को