मिराज ढुङ्गानाले सबै दललाई भने- स्वच्छ प्रतिस्पर्धाका लागि चुनावमा उत्रिनुस् « Khabarhub

मिराज ढुङ्गानाले सबै दललाई भने- स्वच्छ प्रतिस्पर्धाका लागि चुनावमा उत्रिनुस्


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनका अगुवाकारूपमा परिचित मिराज ढुङ्गानाले सबै दलहरूलाई स्वच्छ प्रतिस्पर्धाका लागि चुनावमा उत्रिन अपिल गरेका छन् । 

शनिबार राष्ट्रपति भवनमा प्रधानमन्त्रीसहित भएको छलफलबाट बाहिरिएपछि उनले पुराना दल चुनावमा नआए अवस्था अझै जटिल बन्न सक्ने बताएका हुन् । 

‘हिजो सर्वदलीय बैठक भएको भएर आज हामीलाई छलफलका लागि बोलाइयो, हामी २० जना जतिको टोलीसँग प्रधानमन्त्रीसहित छलफल भयो, निर्वाचनमा पुराना दल सहभागी नभएमा निर्वाचन नै नहुने अवस्था पनि आउन सक्ला भनेर हामीलाई पनि बलाउनुभएको, मेरो पनि अनुरोध के भने निर्वाचनमा चाहिँ सबै दलहरू आइदिनुहोस्, यो प्रक्रियामा कसैले कसैलाई रोक्ने वाला छैन अधिकार छ, नयाँ शक्ति पनि उदाउँला देश जनताले छाने भने तपाईँ नै निर्वाचित हुनुहोला तर स्वच्छ प्रतिस्पर्धा हुन्छ आउनुहोस्,’ उनले भने । 

सबै जेन–जी समूह नसमेटिएको भन्दै भएको विरोधमा भने उनले त्यो विषय छलफलका लागि बोलाउनेको रहेको भन्दै उम्किए । 
उनले थपे ‘हालको सरकारको मन्त्रीमण्डलमा जेन–जी पुस्ता हुनैपर्छ, सडकको रगत क्याबिनेटसम्म त पुग्नै पर्‍यो त्यसमा हामी अडिग छौँ आज पनि मैले सोधेँ हुन्छ भन्ने जवाफ आएको छ,’ । 

तर विभिन्न सञ्चार माध्यममा आइरहेका मन्त्रीको नामावलीबारे भने आफूलाई जानकारी नरहेको उनले बताए । 

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ३ : ४८ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको