मिराज ढुङ्गानाले सबै दललाई भने- स्वच्छ प्रतिस्पर्धाका लागि चुनावमा उत्रिनुस् « Khabarhub

मिराज ढुङ्गानाले सबै दललाई भने- स्वच्छ प्रतिस्पर्धाका लागि चुनावमा उत्रिनुस्


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनका अगुवाकारूपमा परिचित मिराज ढुङ्गानाले सबै दलहरूलाई स्वच्छ प्रतिस्पर्धाका लागि चुनावमा उत्रिन अपिल गरेका छन् । 

शनिबार राष्ट्रपति भवनमा प्रधानमन्त्रीसहित भएको छलफलबाट बाहिरिएपछि उनले पुराना दल चुनावमा नआए अवस्था अझै जटिल बन्न सक्ने बताएका हुन् । 

‘हिजो सर्वदलीय बैठक भएको भएर आज हामीलाई छलफलका लागि बोलाइयो, हामी २० जना जतिको टोलीसँग प्रधानमन्त्रीसहित छलफल भयो, निर्वाचनमा पुराना दल सहभागी नभएमा निर्वाचन नै नहुने अवस्था पनि आउन सक्ला भनेर हामीलाई पनि बलाउनुभएको, मेरो पनि अनुरोध के भने निर्वाचनमा चाहिँ सबै दलहरू आइदिनुहोस्, यो प्रक्रियामा कसैले कसैलाई रोक्ने वाला छैन अधिकार छ, नयाँ शक्ति पनि उदाउँला देश जनताले छाने भने तपाईँ नै निर्वाचित हुनुहोला तर स्वच्छ प्रतिस्पर्धा हुन्छ आउनुहोस्,’ उनले भने । 

सबै जेन–जी समूह नसमेटिएको भन्दै भएको विरोधमा भने उनले त्यो विषय छलफलका लागि बोलाउनेको रहेको भन्दै उम्किए । 
उनले थपे ‘हालको सरकारको मन्त्रीमण्डलमा जेन–जी पुस्ता हुनैपर्छ, सडकको रगत क्याबिनेटसम्म त पुग्नै पर्‍यो त्यसमा हामी अडिग छौँ आज पनि मैले सोधेँ हुन्छ भन्ने जवाफ आएको छ,’ । 

तर विभिन्न सञ्चार माध्यममा आइरहेका मन्त्रीको नामावलीबारे भने आफूलाई जानकारी नरहेको उनले बताए । 

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ३ : ४८ बजे

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का