प्राकृतिक सम्पदा तथा जैविक विविधतामा धनी नेपाल (तस्बिरहरू)  « Khabarhub

प्राकृतिक सम्पदा तथा जैविक विविधतामा धनी नेपाल (तस्बिरहरू) 

विश्वभरका पर्यटकहरू आकर्षक गन्तव्य


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्राकृतिक सम्पदा तथा जैविक विविधताले विश्वभर परिचित छ । यहाँ पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीले विश्वभरका पर्यटकहरू आकर्षित गर्ने गरेको छ ।

हाम्रो देश भौगोलिक हिसाबले जती सानो छ, प्राकृतिक हिसाबले उति नै ठूला र सुन्दर छ । हिमनदी, अग्ला हिमाल, पहाड तथा ठुलठुला नदीहरूले विभाजित तराई क्षेत्र वन्यजन्तु संरक्षणमा संसारलाई उछिनेको छ । 

 ९०० भन्दा बढी प्रजातिका चरा, २०० भन्दा बढी जनावर, उति नै धेरै माछा र ५० भन्दा बढी सरीसृप सँगसँगै अनगिन्ती किरा फट्याङ्ग्रा र वनस्पति नेपालमा पाइन्छ । देश को कुल भूभागको २३.३९% जमिनलाई संरक्षित क्षेत्र घोषणा गरेको छ ।

हामी कहाँ संसारमै लोपोन्मुख प्रजातिका पाटे बाघ, एक सिंङ्गे गैँडा, जङ्गली हात्ती जस्ता जनावर सजिलै देख्न सकिन्छ । यसैगरी बर्षेनी लाखौँको सङ्ख्यामा विभिन्न प्रजातिका चराहरू अन्य मुलुकहरूबाट नेपाल बसाइँ सरेर आउने गर्छन् । 

त्यस बाहेक पनि संसारमा कतै नपाइने चरा काँडे भ्याकुर हाम्रो देशको पहाडी भूभागमा सजिलै पाइन्छ । यसकै आधारमा पनि वर्तमान समयमा वैज्ञानिक खोज अनुसन्धानमा बिस्तारै अघि सरेको हाम्रो देशले निकट भविष्यमा निकै ठुलो फड्को मार्न सक्ने सम्भावनाहरू प्रशस्त देखिन्छ ।

 तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ४ : ४८ बजे

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको