ओली र प्रचण्डलाई भूपू सैनिकको सुझाव- सेनालाई मूर्ख नसोच्नुस् « Khabarhub

ओली र प्रचण्डलाई भूपू सैनिकको सुझाव- सेनालाई मूर्ख नसोच्नुस्


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूतपूर्व सैनिकहरूले नेपाली सेनालाई लाञ्छना लगाउने काम नगर्न आग्रह गरेका छन् । 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अवकाश प्राप्त सेनानी थमनबहादुर बस्नेत, पूर्व उपरथी राजेन्द्र थापा, पूर्व सहायक रथी भरतबहादुर रायमाझी, पूर्व सहायक रथी डा.प्रेमसिंह बस्न्यात, अवकाश प्राप्त सेनानी वासुदेव अधिकारीलगायतले जेन-जी आन्दोलनका क्रममा सेनाले बल प्रयोग नगरेकै कारण मुलुक सुरक्षित अवतरणको बाटोमा गएको भन्दै सेनालाई लाञ्छना लगाउने काम नगर्न आग्रह गरेका हुन् । 

सेनाका पूर्व सहायक रथी डा.प्रेमसिंह बस्न्यातले जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाले राष्ट्रको लागि काम गरेको बताए । नेपाली सेनाले राम्रो काम गर्दा बदनाम सहनुपरेको उनको भनाइ छ । 

केपी ओली, प्रचण्ड लगायतलाई सेनाकोविरुद्धमा बोल्नु अगाडि राष्ट्रिय सुरक्षा परिषद्को नियम, सैनिक ऐन हेर्न र सेनालाई मूर्ख संस्था नसोच्न उनले सुझाव दिए । 

अवकाशप्राप्त सेनानी वासुदेव अधिकारीले जेन–जी आन्दोलनका क्रममा धेरै जनाको ज्यान जानबाट सेनाले जोगाइदिएको बताए । राष्ट्रलाई असर पर्ने गरी नलेखिदिन र नबोलिदिनसमेत सबैसमक्ष उनले आग्रह गरे । 

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ५ : ११ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको