क्षयरोग नियन्त्रणका लागि सरकारको लक्ष्य हासिल गर्न सरोकारवालाको सहयोग अपरिहार्य « Khabarhub

क्षयरोग नियन्त्रणका लागि सरकारको लक्ष्य हासिल गर्न सरोकारवालाको सहयोग अपरिहार्य


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले क्षयरोग नियन्त्रणका लागि सरकारको लक्ष्य हासिल गर्न सरोकारवालाको सक्रिय सहयोग अपरिहार्य रहेको बताएका छन् ।  

नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाको ५५औँ जिल्ला सभाको विराटनगरमा उद्घाटन गर्दै मन्त्री राईले क्षयरोगका कारण प्रत्येक वर्ष बिरामी र मृतकको संख्या उच्च रहेकाले सबै पक्ष यसतर्फ संवेदनशील हुनुपर्नेमा जोड दिए । 

उनले सरकारले सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य राखेको उल्लेख गर्दै उक्त उद्देश्य पूरा गर्न प्रदेश सरकारबाट आवश्यक सहयोग र समन्वय गरिने प्रतिबद्धता जनाए ।  

कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार, हरेक वर्ष देशभर करिब ७० हजार नयाँ क्षयरोगी थपिने गरेका छन् जस मध्ये करिब ३० हजार उपचारको पहुँचमै नआउने गरेका छन् । विज्ञहरूले एक जना क्षयरोगीले औसत १० जनासम्ममा रोग सार्ने तथ्यांकले स्थिति गम्भीर बन्दै गएको उल्लेख गर्दै घरदैलो अनुसन्धान र सचेतना अभियानलाई तीव्र बनाउन सुझाव दिएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ५ : १७ बजे

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक केसीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर केसीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक