क्षयरोग नियन्त्रणका लागि सरकारको लक्ष्य हासिल गर्न सरोकारवालाको सहयोग अपरिहार्य « Khabarhub

क्षयरोग नियन्त्रणका लागि सरकारको लक्ष्य हासिल गर्न सरोकारवालाको सहयोग अपरिहार्य


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले क्षयरोग नियन्त्रणका लागि सरकारको लक्ष्य हासिल गर्न सरोकारवालाको सक्रिय सहयोग अपरिहार्य रहेको बताएका छन् ।  

नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाको ५५औँ जिल्ला सभाको विराटनगरमा उद्घाटन गर्दै मन्त्री राईले क्षयरोगका कारण प्रत्येक वर्ष बिरामी र मृतकको संख्या उच्च रहेकाले सबै पक्ष यसतर्फ संवेदनशील हुनुपर्नेमा जोड दिए । 

उनले सरकारले सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य राखेको उल्लेख गर्दै उक्त उद्देश्य पूरा गर्न प्रदेश सरकारबाट आवश्यक सहयोग र समन्वय गरिने प्रतिबद्धता जनाए ।  

कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार, हरेक वर्ष देशभर करिब ७० हजार नयाँ क्षयरोगी थपिने गरेका छन् जस मध्ये करिब ३० हजार उपचारको पहुँचमै नआउने गरेका छन् । विज्ञहरूले एक जना क्षयरोगीले औसत १० जनासम्ममा रोग सार्ने तथ्यांकले स्थिति गम्भीर बन्दै गएको उल्लेख गर्दै घरदैलो अनुसन्धान र सचेतना अभियानलाई तीव्र बनाउन सुझाव दिएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ५ : १७ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको