गाजामा वेपत्ता हुनेको सङ्ख्या नौ हजार ५०० भन्दा बढी « Khabarhub

गाजामा वेपत्ता हुनेको सङ्ख्या नौ हजार ५०० भन्दा बढी


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

गाजा – सन् २०२३ अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि अहिलेसम्म नौ हजार ५०० व्यक्तिहरूको अवस्था अज्ञात रहेको गाजास्थित नागरिक सुरक्षा निकायले शनिबार जानकारी गराएको छ।

नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालले एक विज्ञप्ति जारी गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई इजरायली अधिकारीहरूसँग समन्वय गरेर उनीहरूको भाग्य निर्धारण गर्न आग्रह गरेका छन् ।

“इजरायल र हमासबीच शुक्रबारदेखि युद्धविराम सम्झौता लागू भएदेखि नागरिक सुरक्षा कर्मचारीहरूले १५० भन्दा बढी शवहरू फेला पारेका छन् र सीमित उपकरणका कारण खोजी कार्यमा चुनौतीहरूको सामना गरिरहेका छन्,” बासालले भने।

उनले भने, “अस्थायी आश्रयहरूको ‘लगभग पूर्ण अनुपस्थिति’ भए पनि युद्धविरामपछि तीन लाखभन्दा बढी विस्थापित बासिन्दाहरू गाजाको दक्षिणी सीमाबाट गाजा शहर र उत्तरी क्षेत्रमा फर्किएका छन्।

गाजास्थित प्यालेष्टिनी सरकारी सञ्चारमाध्यमले गाजामा करिब ३० हजार आवास एकाइहरू ध्वस्त भएको र ९० प्रतिशतभन्दा बढी नागरिक पूर्वाधारहरू प्रभावित भएको जनाएको छ। यसले गाजा क्षेत्रमा लगाइएको नाकाबन्दी तत्काल हटाउन र मानवीय कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आह्वान गरेको छ।

इजिप्टका विदेश मन्त्री बद्र अब्देलाट्टी र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले शुक्रबार अबेर टेलिफोन वार्ता गरेका र दुवैले इजिप्टको रेड सीको सामुद्रिक शहर शर्म अल शेखमा हुने शिखर सम्मेलनको विस्तृत व्यवस्थाबारे छलफल गरेका थिए ।सम्मेलनकोसह–आयोजक इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले गर्नेछन्।

इजिप्टको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अब्देलाट्टी र रुबियोले शिखर सम्मेलनमा विश्वव्यापी सहभागिताका साथै गाजा युद्धविराम सम्झौताको पहिलो चरणको कार्यान्वयनको व्यवस्थाबारे पनि छलफल गरेका थिए।”

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ८ : ०८ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली