‘जेरी अन टप’ अनमोलको करिअर र यस वर्षकै हिट फिल्म « Khabarhub

‘जेरी अन टप’ अनमोलको करिअर र यस वर्षकै हिट फिल्म


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसी स्टार फिल्मको ग्रस कलेक्सन ११ करोड ७१ लाख ४१ हजार नाघेको छ । यो सुरुवाती २३ दिनको व्यापार हो ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार यो फिल्म तीन लाख ७५ भन्दा बढी दर्शकले हेरेका छन् ।

यससँगै यो फिल्म अनमोलको करिअरकै हिट फिल्म बनेको छ । यसअघि उनका कुनै पनि फिल्मको व्यापार १० करोडको आँकडा पार गरेका थिएनन् । उनको करिअरको यो ११ औँ फिल्म हो ।

‘जेरी अन टप’ ०७१ सालमा प्रदर्शनमा आएको फिल्म ‘जेरी’को सिक्वेल हो । अनमोललाई स्टार बनाउने फिल्मका रुपमा ‘जेरी’लाई लिइन्छ ।

योसँगै ‘जेरी अन टप’ यस वर्षको सबैभन्दा हिट फिल्म बनेको छ । वैशाख २६ बाट प्रदर्शनमा आएको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ले यो वर्ष सबैभन्दा बढी व्यापार गर्ने फिल्मको शीर्ष स्थान कब्जा गरेको थियो । यसमा नायक विपीन कार्की र नायिका मिरुना मगर शीर्ष भूमिकामा छन् ।

चलचित्र विकास बोर्डका अनुसार ‘ऊनको स्वीटर’को लाइफटाइम ग्रस कलेक्सन ११ करोड ३४ लाख छ ।

‘जेरी अन टप’को निर्देशक सुयोग गुरुङ हुन् । यसको नायिकाहरु जशिता गुरुङ र आँचल शर्मा हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ७ : ३१ बजे

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३