आज २०८२ साल कात्तिक २५ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक २५ गते मंगलबारको राशिफल


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक २५ गते मंगलबार। मंसिर कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ११ तारिख। महागुरु फाल्गुनन्द जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । योजना सफल पार्न थप मिहिनेत गर्नुपर्ने देखिन्छ । अनुत्पादक क्षेत्रमा लगानी गर्ने बानीले मन अशान्त बन्नेछ । विपक्षी शान्त भएकाले महत्त्वपूर्ण काम बन्नेछ।

वृष : दिन राम्रो छ । थोरै बोल्नु राम्रो हुनेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ । परिवारसँग रमाइलो घुमघाम हुनेछ ।

मिथुन : दिन राम्रो छ । परिवारको साथ र सहयोग मिल्नेछ । सोचेका काम बन्नेछन् । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । संकटमा साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ ।

कर्कट : दिन सहज छ । लगानीका क्षेत्र अब्बल छन् । आफूले गरेको कामप्रति सन्तुष्टि मिल्नेछ । परिवारको तर्फबाट प्राप्त हुने रचनात्मक साथ र सहयोगले मन शान्त बन्नेछ । साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ।

सिंह : दिन सामान्य छ । अरुले गरेका गल्तीको जिम्मेवारी तपाईंले लिनुपर्ने जोखिम छ । विवादमा फस्ने खतरा भएकाले थोरै बोल्नु राम्रो हुन्छ । विदेशको लगानीतर्फ तपाईंको मन आकर्षित हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।

कन्या : कृषि र फलफूलको क्षेत्रबाट फाइदा हुनेछ । फलफूलको व्यापारमा नाफा हुनेछ । बोल्नु अगाडि सोच्नुपर्ने दिन छ । औषधी नियमति नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ । परिवारको साथले काम सहज बन्नेछ ।

तुला : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । समाजसेवा गर्न मन लाग्नेछ । विपक्षीले तपाईंको प्रशंसा गर्नेछन्। खानपानमा ख्याल नगर्दा पुराना रोगले सताउने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । दाजुभाइको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ । राजनीतिमा अवसर प्राप्त हुनेछ । सोचेका काम बन्नेछन् । बिहान उठेर गणेशको भजन गर्न सकेमा दिन सहज बन्नेछ ।

धनु : दिन सामान्य छ । सम्पत्ति खोज्दै हिँड्दा इज्जतमा दाग लाग्नेछ । आफ्नै साथीले कुरा काट्ने भएकाले सचेत हुनु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मकर : दिन राम्रो छ । डुब्न लागेको धन हात लाग्नेछ । परिवारमा तपाईंको प्रशंसा हुनेछ । धार्मिक क्षेत्रको यात्राले मन शान्त बन्नेछ । परिवार भित्र थोरै बोलेमा ठुलो सफलता मिल्नेछ।

कुम्भ : दिन सामान्य छ । सञ्चित धन खर्च हुनसक्छ । अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ । प्राविधिक शिक्षाको लगानीबाट भने फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ।

मीन : दिन राम्रो छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । आफ्नो काम देखेर मनमा उत्साह बढ्नेछ । शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ५ : ०९ बजे

स्वास्थ्यमन्त्री शर्माद्वारा पशुपति होमियोप्याथिक अस्पतालको स्थलगत अनुगमन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले ललितपुरस्थित मानसिक

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज– बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न ‘हिस्टोप्याथोलोजी’

बैतडी बस दुर्घटनाका घाइतेको उपचारका लागि सरकारसँग कांग्रेसको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौंडी नगरपालिकामा १३

इरान–अमेरिका ओमान वार्ता तयारी

एजेन्सी– घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिका

एमाले अध्यक्ष ओली चुनावी अभियानका लागि झापा जाँदै

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्याह्न गृहजिल्ला