कसरी तोडियो कुलमानसँग सुदन, बालेन र सुमनाको सम्बन्ध ? « Khabarhub

कसरी तोडियो कुलमानसँग सुदन, बालेन र सुमनाको सम्बन्ध ?

कुलमान आफ्ना मान्छे खोज्दा, तीन नेताले रोजे जेनजी पुस्ता



काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले एउटै पार्टी खोल्ने विषयमा आइतबार पक्कापक्की भएको थियो। यी दुई नेतासँगै राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी सुमन श्रेष्ठ र जेनजी आन्दोलनबाट नवपुस्ताको नेतृत्वको रूपमा उदाएका सुदन गुरुङ सहभागी हुने निश्चित थियो।

आइतबार कुलमान घिसिङको घरमा भेट भएर यी नेताले सोमबार नयाँ दल दर्ता गर्ने र त्यो नयाँ दलको प्रतिनिधि जेनजी हुने सहमति गरेका थिए। मेयर बाले निकट उच्च स्रोतका अनुसार साँझ पुनः छलफल गर्ने भन्दै चार नेता कुलमानको घरबाट बिदा भए। तर साँझ कुलमानका केही समर्थकले गर्दा चार नेताहरूको निर्णय भाँडियो।

सम्झौता तोड्ने कारण के थियो ?
चार नेताले खोल्ने पार्टीमा नाम र नेतृत्वमा कसलाई अगाडि सार्ने भन्नेमा नेताबीच मतभेद थियो। कुलमान पक्षका नेता उनको विकल्प खोज्ने पक्षमा थिएनन्। बालेन, सुमना र सुदन नयाँ अनुहार अगाडि सार्ने पक्षमा उभिए।

आइतबार बिहानको बैठकमा कुलमानका केही समर्थकले उज्यालो नेपाल अभियान नै पार्टीको राखेर जानुपर्ने अडान लिए। सुदन सुमना र बालेनले भने जेनजी आन्दोलनलाई यो पार्टीले प्रतिनिधित्व नगर्ने भन्दै पार्टीको अन्य नामै हुनुपर्ने विषयमा मत जाहेर गर्दै आएका थिए। उनीहरूले तत्कालको नेतृत्व नयाँ पुस्ता जेनजी सहित परिवार र अन्यबाट हुनुपर्ने र देशभरका जेनजीको भावना अनुसार काम गर्नुपर्ने अडान राखेका थिए। बिहान ऊर्जामन्त्री घिसिङले यो अडान मानेको तर साँझ उनका केही समर्थक र जेनजी आन्दोलन बाहिरबाट हायर गरिएका मान्छेले यो सहमति तोडेर उज्यालो नेपाल अभियान नै पार्टी दर्ता गर्नुपर्ने अडान राखेका थिए। तर काठमाडौं महानगरका मेयर बालेन, पूर्व सांसद श्रेष्ठ र गुरुङले यो विषय स्वीकार गरेनन्।

कुलमान घिसिङ । फाइल तस्बिर

कुलमान निकट एक स्रोतले खबरहबलाई भन्यो, ‘बिहानसम्म सबै कुरा मिलेको थियो। तर कुलमान दाइले उज्यालो नेपाल अभियान नै नछोड्ने भनिसके पछाडि उहाँसँग यात्रा नगर्ने अडानमा पुग्नुभयो।’

स्रोतको दाबी अनुसार कुलमानले अन्य तीन नेताको भन्दा पनि अन्य सहयोगी र समर्थकको बढी कुरा सुनेका थिए। बैठक बिहान कुलमानको घरमा बसेपछि आइतबार बेलुकाको बैठक बौद्ध क्षेत्रको एक होटेलमा बसेको थियो।

चार नेताको बैठकमा उपस्थित एक नेताले भने, ‘आइतबार बिहान कुलमान सरको घरमा बैठक बस्दासम्म सबैको क्यामेस्टी मिलेको थियो। तर बेलुका कुलमान पक्षबाट नै कुरा बिग्रिएको हो।’ ती नेताले भने, ‘काउन्सिल अफ जेनजीमा काम गरिरहेका कोशी बाहेकका बाँकी प्रदेश संयोजक जानुभयो। कोशीको चाहिँ उर्पाजुन राई जानु भएन।’ कुलमानको तर्फबाट पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायको संयोजकमा दल दर्ता गर्ने तयारी सुरु भएको छ। ‘तत्काललाई ५१ जना केन्द्रीय सदस्य राख्ने तयारी भएको छ’, स्रोतले भन्यो।

कुलमानलाई ६ जना काउन्सिल अफ जेनजी केशी बाहेकका मधेस प्रदेशका संयोजक शिव यादव, बागमती प्रदेशकी संयोजक अफ्साना बानूँ, गण्डकी प्रदेशका संयोजक प्रदीप पाण्डे, लुम्बिनी प्रदेशका संयोजक आदित्य आचार्य, कर्णाली प्रदेशकी संयोजक सुप्रिया शाही र सुदूरपश्चिम प्रदेशका संयोजक खेमराज साउदले साथ दिएका छन्।

उनीहरूलाई सोमबार बिहानै सुदन पनि कुलमानसँगै मिसिने भन्दै हस्ताक्षर गराइएको थियो। तर साँझ परिस्थिति फेरिएपछि उनीहरूले बुधबार दल दर्ता गर्दा कुलमानलाई साथ दिन्छन् या सुदन बालेनलाई त्यो हेर्न बाँकी छ।

कुलमानको घर छाडेर जब अनुरत्न होटेलमा बैठक
आइतबारसम्म चार नेताबीच जेनजीको दल भनेर स्पष्ट रूपमा जनताले चिनिने नाम, चुनाव चिह्न र भिजन बनाउनुपर्ने कुरामा सबैको समर्थन थियो। ‘जेनजीको पहिचान भए सबै एक भएर जाने तर व्यक्तिको नाम भए त्यसमा सहकार्य हुँदैन भनिएको थियो। हामी चार जना नै यसमा सहमत थियौँ। त्यसका लागि पार्टी चिह्न, नाम र संयोजक जेनजीको सिफारिसमा हुनुपर्छ भन्ने विषयमा बहस भएको थियो। पछि पार्टीको नेतृत्वमा कुलमान, सुमना, सुदन या म नै रहेर जाँदा पनि फरक पर्दैन’, काठमाडौं महानगरका मेयर शाहको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘यसो भएको खण्डमा सबै जेनजी मिलाउन नौतिक आधार हुन्छ नत्र गाह्रो होला।’ बालेनले यसो भनेपछि जेनजी कोशीका संयोजक राई, सुदन, सुमनाले पनि सहमति जनाएका थिए।

बालेनले अहिले नाम, नेता हुँदैहुँदै भोलि प्रधानमन्त्री पनि कुलमान नै हुने दिशामा जान नुहने बैठकमा उल्लेख गरेका थिए। उनले अहिले जेनजीले स्वीकार गर्ने काम गर्न सुझाएका थिए।

‘आइतबार बालेन, सुमना, सुदन र कुलमान सबै मिलेर दलको टुंगो लाग्यो। छिटो आऊ भनेर जेनजीलाई खबर भयो। साथीहरू पुगेर हस्ताक्षर गरे। तर कोशीको साथी राईजीले गर्नुभएन’, बैठकमा उपस्थित एक कुलमान पक्षका नेताले भने, ‘कुलमान दाइले पनि हुन्छ म जेनजीलाई नेता मानेर जान्छु। उहाँहरूकै आडमा म मन्त्री भएको हो भनेर सहमत हुनुभयो। तर को संयोजक राख्ने भनेर सहमति भएन। फेरि साँझ बस्दा कुलमान पक्षका हाम्रा दाइ, अंकल आएर कुलमान बाहेक अरू नेतृत्व स्वीकार नगर्ने भनेपछि कुरा मिलेन। उहाँहरूले कुनै पनि हालतमा उज्यालो नेपाली पार्टी र संयोजक कुलमान हुनुपर्छ भन्ने कुरा गर्नुभयो। त्यो ब्रण्डलाई मानेर जानुपर्छ नत्र धेरै ठाउँ पुग्न सकिँदैन। यो सबैको हो कुलमानको मात्र होइन भनिएको थियो।’

यता बालेन पक्षका तीन नेताले भने कुलमानले जेनजी बाहेकको दल खोल्दा यो बाहेक बेटर नाम नभएको तर जेनजी समर्थकको स्पिडमा हो भने ठिक भएन भनेको स्रोतको दाबी छ।

तीन नेताको त्यो अडान
मेयर बालेनले जेनजीको सिफारिसमा नाम र संयोजक हुनुपर्ने अडान राखिरहे। यसमा सुमना पनि खरो रूपमा प्रस्तुत भइन्। बालेन लगायतका जेनजीले डेलिभरीसँग जोडिएका सामान्य नाम प्रस्ताव गरेका थिए।
नाममा प्रगतिशील पार्टी , जनसेवा पार्टी लगायतका नाम थिए।

‘यी नामहरूले व्यक्तिको परिचय दिँदैन। उज्यालो नेपाल राख्दा त कुलमान दाइको नाम जोडिने भयो यसले त जेनजीको आन्दोलनलाई सम्मान गर्दैन’, आइतबार रातिको बैठकमा सुमनाले भनेकी थिइन, ‘फलानोको परिचय दिएपछि जेनजीले नाम अपनत्व गर्दैनन्। हामीले कुलमानसँग आग्रह पूर्वाग्रह राखेको होइन। तर तत्काल जेनजीको स्पिडमा बनेको पार्टी भन्नका लागि आधार चाहिन्छ।’

यस्तो कुरा चलेपछि कुलमान समूहका नेताहरू मानेका थिएनन्। उनीहरूले उज्यालो नेपाल अभियान पार्टी रहने कुरा गरिरहे। त्यसपछि कुलमानले भनेका थिए, ‘साथीहरू मान्नु भएन। उहाँहरूको कुरा सुन्नुपर्छ मैले।’

त्यसपछि तीन नेता बालेन, सुमना, सुदनले आफूहरूले अहिले तत्काल यो अभियान र पार्टीलाई साथ नदिने पछि प्रगतिशील पार्टीको एकतामा आफूहरू साथ रहने कुरा राखेर निस्किए।

मंगलबार दुई पार्टी दर्ता गर्ने तयारी
स्रोतको दाबी अनुसार मंगलबार कुलमानले एउटा पार्टी दर्ता गर्नेछन्। यस्तै बालेन, सुमना र सुदनले अर्को पार्टी खोल्नेछन्। सुदन र सुमना अगाडि सारेर बालेन नदेखिने योजनामा छन्। अदृश्य पात्रका रुपमा यो पार्टीमा बालेनले काम गर्ने सम्भावना छ। नेताहरू अहिले आयोगलाई बुझाउने दल दर्ताको पत्र र नेताको नाम, चुनाव चिह्न र पार्टीको नाम फाइनल गर्ने तयारीमा छन्।

एउटा समूहले ‘सुदन, सुमना, बालेनसहितको पार्टी दर्ता गर्नेछ भने अर्को समूहले पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर दल दर्ता गर्नेछ। यसरी हेर्दा कुनै नाटकीय परिवर्तन नभए मंगलबार दुवै दल दर्ता हुन्छन्।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ७ : ५५ बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर