जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या « Khabarhub

जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेका एक व्यक्तिले छुटेकै दिन राति श्रीमतीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विजय यादव अनुसार सोमबार दिउँसो कारागारबाट छुटेका मोदी गाउँपालिका ५१ वर्षीय जितबहादुर विकले मध्यरातमा श्रीमती सीता विकको हत्या गरेका हुन् ।

प्रमुख यादवका अनुसार राति हँसियाको प्रयोग गरेर घरमै श्रीमतीको हत्या गरेको खुलेको छ ।

वैवाहिक करणी मुद्दामा सोमबार दिउँसो ५० हजार धरौटी बुझाएर छुटेका मोदी गाउँपालिका ७ दराक बस्ने ५१ वर्षीय जितबहादुरले श्रीमती ५२ वर्षीया सीताको कुटपिट गरी कोठामा हत्या गरेका हुन् । बुहारी २८ वर्षीया शोभ विकले स्थानीय मार्फत् राति २ः ३० बजे प्रहरी चौकी देउपुरमा खबर गरेकी थिइन् ।

खबर लगत्तै पुगेको प्रहरीले एक तले दुई कोठा भएको आफ्नै पक्की घरको कोठामा उत्तानो सुनाएको अवस्थामा टाउको र अनुहारमा चोटसँगै सिरकले छोपेको अवस्थामा सीतालाई फेला पारेको थियो । तत्काल कुश्मा अस्पताल पुर्याउँदा चिकित्सकले सीतालाई मृत घोषणा गरेका हुन् ।

जितबहादुरलाई स्थानीयले घरकै कोठामा थुनेको अवस्थाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जितबहादुर सोमबार दिउँसो जिल्ला कारागार पर्वतबाट छुटेर घर पुगेका थिए । प्रहरीले जितबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा ल्याएर राखेको छ ।

दुर्घटना भएको घरमा जितबहादुर, श्रीमती सीतासँगै एक बुहारी एक दुई महिनाकी नातिनी गरेर चार जना थिए । जितबहादुरका तीन जना छोरा भने वैदेशिक रोजगारीमा छन् । डिएसपी यादवका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट पाँच जनाको टोली घटनास्थलमा गएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ९ : ४८ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि