जेनजी मुभमेन्टको माग : ऊर्जामन्त्री घिसिङ र प्राधिकरण प्रमुखलाई बर्खास्त गरौँ « Khabarhub

जेनजी मुभमेन्टको माग : ऊर्जामन्त्री घिसिङ र प्राधिकरण प्रमुखलाई बर्खास्त गरौँ


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई गैरकानुनी विद्युत् खरिद सम्झौतामा संलग्न भएको आरोप लगाउँदै तत्काल बर्खास्त गर्न माग गरेको छ।

मुभमेन्टले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् प्राधिकरणबीच भारतको कम्पनी पीटीसी इन्डियासँग करिब ४३ करोड रुपैयाँ बराबरको अवैध सम्झौता भएको दाबी गरेको छ।

वक्तव्यमा यो सम्झौतालाई ‘राष्ट्रघाती र भ्रष्टाचारपूर्ण’ भन्दै सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।

मुभमेन्टकोचार बुँदे माग
ऊर्जामन्त्री घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियारमा मुद्दा दायर,
प्राधिकरण प्रमुख मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन सुरु गर्न,
विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौता सार्वजनिक,
राष्ट्रघाती सम्झौतामा संलग्नलाई जेल हाल्ने र राज्यको सम्पत्ति फिर्ता गराउने कानुनी प्रक्रिया सुरु ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : १६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल