भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु « Khabarhub

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भोजपुर– गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म सञ्चालन हुने खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका किसानको पशुमा खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान सुरु गरिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रले जनाएको छ ।

सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार जिल्लाका सबै नौवटै स्थानीय तहमा कात्तिक २३ गतेदेखि मङ्सिर २३ गतेसम्म अभियान सञ्चालन हुनेछ । ‘जिल्लामा खोरेत रोगविरुद्धका खोप अभियान सञ्चालन गरेका छौँ’, उनले भने, ‘यो अभियानका लागि हामीलाई ६७ हजार खोप प्राप्त भएको छ । किसानकै गोठमा पुगेर खोपकर्तामार्फत खोप लगाउने व्यवस्था मिलाइएको छ ।’

रोग नियन्त्रणसँगै उत्पादनमा वृद्धि र पशुपालक किसानलाई आर्थिक लाभ पु¥याउने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिएको प्रमुख दाहालले बताए ।

कोशी प्रदेश सरकारको ‘पशुजन्य पदार्थ निर्यातमा टेवा पु¥याइ किसानलाई आर्थिक रूपले समृद्ध बनाऔँ’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिएको हो । यस अभियानअन्तर्गत प्रत्येक बस्तीमा पुगेर खोपकर्ताले घरमै खोप लगाउने छन् । यसले ग्रामीण क्षेत्रका किसानलाई सहज र सुलभ सेवा उपलब्ध हुने कार्यालयको भनाइ छ ।

कार्यालयका अनुसार पहिलो चरणको खोप अभियान सम्पन्न भएपछि पुनः दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिनेछ । सो क्रममा खोप लगाइएका पशुहरूमा रोगको अवस्थाबारे अनुगमन गरी पुनः आवश्यक व्यवस्थापन गरिनेछ ।

अधिकांश किसान पशुपालन व्यवसायमा निर्भर भए पनि पशुमा लाग्ने सामान्य रोग तथा उपचारको जानकारी नहुँदा समस्या भोग्दै आएका छन् । पशुमा लाग्ने रोगबारे जनचेतना फैलाउने काम पनि सँगसँगै भइरहेको प्रमुख दाहालले बताए ।

खोप अभियानले किसानलाई आर्थिक रूपमा सबल बनाउन, पशुजन्य उत्पादन वृद्धि गर्न र रोग नियन्त्रणमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रले जनाएको छ । (रासस)

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : २७ बजे

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड